site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री र गृहमन्त्रीबीच बढ्यो टकराव ! मारमा प्रहरी संगठन

काठमाडौं । यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो ।

मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो ।

गृहमन्त्रीको आदेशमा एसएसपीको सरुवा भए पनि बालुवाटारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सरुवाको पत्र सार्वजनिक गरेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न भनेपछि सरुवाको पत्र लुकाइएको हो ।

Dabur Nepal

प्रधानमन्त्रीकै पार्टीका नेता हुन् गृहमन्त्री खाँण । पार्टीभित्र देउवाका प्रिय पात्र मानिने खाँणले प्रधानमन्त्रीको सल्लाहबिनै निर्णय गर्न थालेपछि बालुवाटार रुष्ट बनेको बताइन्छ । सुरक्षा निकायको सरुवा–बढुवामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहन्छ ।

कात्तिक दोस्रो साता नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार ग¥यो । सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपी बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।

डीआईजी र एसएसपीको दरबन्दी बढाउने प्रस्तावमा सामान्य छलफल नै नगरिएकाले अर्थका अधिकारी रुष्ट बनेको बताइएको छ । तर, खासमा सो प्रस्तावमा प्रधानमन्त्री सकारात्मक नभएपछि रोकिएको बताइन्छ ।

यी दुई उदाहरण मात्रै हुन । पछिल्लो समय प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणबीच टकराव बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीहरू यो कुरा स्वीकार गर्छन् । सशस्त्रको तुलनामा नेपाल प्रहरीमा गृहमन्त्री र बालुवाटारको दबाब बढ्दै गएको पाइन्छ ।

उच्च प्रहरी अधिकारीहरू भन्छन्, “बालुवाटारबाट प्रधानमन्त्रीकै निकटस्थहरूबाट अधिकृतहरूको सरुवाको दबाब आउँछ । गृहमन्त्रीबाट बेग्लै कुरा आउँछ । यस्तोमा काम गर्न निकै गाह्रो छ । यसले प्रहरी संगठनको हित गर्दैन । प्रहरी प्रधान कार्यालयबाटै हुने कुरामा पनि कतिपय अवस्थामा गृहबाट 'नगर्नू' भनेर दबाब आउने गरेको छ ।”

गृहमन्त्री र बालुवाटारको दोहोरो आदेशका कारण त्यसको असर तल्लो तहसम्म पुगेको छ । एसपीसम्मको सरुवाको अधिकार आईजीपीलाई हुन्छ । तर, सई र इन्स्पेक्टरको सरुवा गर्न पनि प्रहरी प्रधान कार्यालयलाई समस्या परेको छ ।

गृहमन्त्रीकै निर्देशनमा प्रहरीका लेखापालहरूको सरुवा समेत रोकिएको छ । १५ महिना बितिसक्दा पनि प्रहरीका लेखापालहरूको सरुवा हुनसकेको छैन् ।

सुरक्षा संगठनमा प्रहरी बलियो संगठन मानिन्छ । जनस्तरसम्म प्रहरी पुगेकाले आफूअनुकूल शक्तिकेन्द्रले प्रहरीलाई प्रयोग समेत गर्दै आएका छन् । जसले प्रहरीको व्यावसायिकतामा समेत बेलाबेला प्रश्न उठ्दै आएको छ ।

प्रहरी अधिकारीहरूलाई गृहमन्त्री खाँणका कतिपय क्रियाकलाप मन परेका छैनन् । उनीहरू भन्छन्, “अस्ति उहाँले ‘तँ’ भन्न नपाइने निर्देशन दिनुभएछ । सुरक्षा संगठनमा त्यसको कुनै अर्थ हुँदैन । संगठनको विकास, व्यावसायिकता कुरा गर्ने हो । सामान्य सरुवा–बढुवामा गृहमन्त्रीले चासो दिने होइन ।”

त्यसो त बालुवाटारबाट प्रहरीलाई आउने सबै आदेश प्रधानमन्त्रीकै पनि हुँदैनन् । प्रधानमन्त्रीका निकटस्थहरूले समेत बेलाबेला अनावश्यक सरुवा–बढुवाका लागि दबाब दिने गरेको पाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro