site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतसँग सीमा गतिरोध कायम रहेकै बेला चीनद्वारा सीमा सुरक्षा कानुन पारित
Tiktok banner adTiktok banner ad

बेइजिङ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले सीमा सुरक्षा मजबुत पार्ने कानुन पारित गरेको छ ।

नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले शनिबार पारित गरेको 'ल्यान्ड बोर्डर्स ल' ले गैर कानुनी रूपमा चीनको सीमा पार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिएको छ । यस कानुनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ ।

सो कानुन अनुसार चीनले सीमाको आफ्नो तर्फको क्षेत्रमा यातायात,  संचार र रक्षासङ्ग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ । बिना स्वीकृति कुनै पनि संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् ।

तर, सो कानुनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।

विवादित सीमा क्षेत्रमा चीन र भारतले सडक एवं सैन्य सुविधाको निर्माणलाई लिएर गत वर्षको जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको घातक मुठभेडपछी दुई देशबीच उत्पन्न गतिरोध लामो समयदेखी कायमै छ । 

हालै सम्पन्न सैनिक स्तरीय सीमा वार्ता पनि विवाद समाधान गर्न सफल भएन । दुवै देशले सीमा क्षेत्रमा सैन्य उपस्थिति कायमै राखेका छन् । यसै सन्दर्भमा यो विधेयक आएको हो ।

एससीमपी र  एनएचकेबाट 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro