site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशसभाको बैठक आज सञ्चालन होला ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने गरी तय गरिएको छ । नवौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बुटवलस्थित प्रदेशसभा भवनमा बैठक बस्नेछ ।

यही भदौ ३ गतेका निर्धारित बैठक स्थगित गरी आजका लागि तय गरिएको हो । नवौँ अधिवेशन भदौ १ देखि सुरु भए पनि दुई सांसदका कारण प्रदेशसभा बैठक निरन्तर अवरुद्ध भइरहेको छ ।

प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला वलीको विषयलाई लिएर नेकपा (एमाले)ले बैठक सञ्चालनमा अवरोध गरिरहेको छ । एमालेले विनाविभागीय मन्त्री शाही र वलीलाई दलको आचारसंहिता, विधान र ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेर पदमुक्त गर्न प्रदेश सभामुखलाई पत्र बुझाइएको थियो ।

लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ । एमालेले त्यसमा रोष प्रकट गरिसकेको छ । 

उनीहरू दुवैजना तत्कालीन नेकपाबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । वली दाङ र शाही नवलपरासीबाट प्रत्यक्ष निर्वाचित हुन् ।

प्रदेशसभा बैठक सञ्चालन हुन नसक्दा मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिन पाएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा अहिले ८० सांसद छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro