site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
Tiktok banner adTiktok banner ad

रुपन्देही । लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ । प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएकोे हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले पार्टीले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर सदन अवरुद्ध पारेकाले नवौँ अधिवेशनको तेस्रो दिनको बैठक पनि स्थगन गरिएकोे हो । अर्को बैठक यही भदौ ७ गते सोमबार दिउँसो १ बजे बस्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनको बर्खिलाप कुलप्रसाद केसी नेतृत्वको सरकारलाई समर्थन गरेकाले सांसदद्वय अजयबहादुर शाही र विमला वलीलाई कारबाही गरेको पार्टीको केन्द्रीय कमिटीले त्यसको सूचना प्रदेश संसदीय दलमार्फत प्रदेश सचिवालयलाई बुझाइसकेको छ । उक्त पत्र प्रदेशसभामा पढेर सुनाउन र सांसदद्वय शाही र वलीलाई पदमुक्त गर्न एमालेले माग गर्दै आएको  छ  । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro