site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा 
फाइल तस्बिर ।

दाङ । लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् ।

नेकपा (एमाले)को तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित डाँगीले पदबाट राजीनामा दिएको प्रदेशसभा सचिवालयले पुष्टि गरेको छ । बुधबार प्रदेशसभा सचिवालयमा आएर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशनानुसार प्रक्रिया अगाडि बढाएको जानकारी दिए । “उहाँले संविधानको धारा १८० को (क) अनुसार राजीनामा दिनुभएको छ । सभामुखज्यूले प्रक्रिया अगाडि बढाउन भन्नुभएको र सचिवालयले प्रक्रिया अगाडि बढाएको छ,” पुनले भने ।

डाँगीले मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेको मंगलबार नै सार्वजनिक भएको थियो । घोराही नगरपालिकाका पूर्वमेयरसमेत रहेका डाँगी एमालेभित्र माधवकुमार नेपाल पक्षधर मानिन्थे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro