site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मृत्युदर निकै बढ्यो, सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्छ : नेपाली सेना

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनको काम गर्दै आएको नेपाली सेनाले मृत्युदर बढेको हुँदा सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएको छ ।

कोरोनाबाट मृत्यु भएकाको शव पशुपतिनाथस्थित विद्युतीय शव दाहगृहमा व्यवस्थापन गरिँदै आएको थियो ।

सोमबार एउटा मेसिन बिग्रिएको हुँदा शव वाग्मती किनारमै जलाउन सुरु गरिएको छ ।

विद्युतीय शवदाह गृहमा मात्रै जलाउँदा समय लाग्ने भएपछि वाग्मती किनारमा चिता बनाएर शव जलाउन सुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

“पशुपति विकास कोषको एउटा मेसिन बिग्रिएको थियो,” नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले भने, “पशुपति क्षेत्र विकास कोषसँग मिलेर बाहिर आठवटा शव जलाएका छौँ । अहिले मृत्युदर निकै बढेको छ । यस्तै अवस्था रहे सामूहिक शवदाहमा जानुपर्ने हुन सक्छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro