राजनीति
पोखरा । गण्डकी प्रदेशको खेलुकद मन्त्रीको शपथ ग्रहण गर्न लागेका दीपक मनाङले आफूसँग खेलकुदको क्षेत्रमा काम गर्न सक्ने क्षमता भएको बताएका छन् ।
“मसँग केही भिजन भन्,” उनले शपथ ग्रहण अघि पत्रकारसँग कुरा गर्दै भने, “मलाई यसको ज्ञान छ । अब युवा विदेश जानुपर्दैन ।”
उनले मुख्यमन्त्रीले आफूलाई मन्त्रीका लागि दौरा सुरवाल सिलाउन जानू भनेपछि मन्त्री बन्न लागेको जानकारी पाएको बताए ।
“मुख्यमन्त्रीज्यूले दौरा सुरवाल सिलाउन जा भन्नुभयो,” उनले भने, “त्यसपछि मैले मन्त्री बन्न लागेको थाहा पाएँ ।”
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८ १६:४८
प्रतिक्रिया दिनुहोस्