site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
प्रवासी नेपालीका लागि ग्लोबल एनआरएन सिङगिङ आइडल हुँदै

काठमाडौं । ग्लोबल एनआरएन सिङगिङ आइडल–२०२१ आयोजना हुने भएको छ । यसको पहिलो संस्करणमा सहभागी हुन डिजिटल अडिसनको भिडियो ३० अप्रिलसम्म पठाइसक्नु पर्ने आयोजक एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिले जनाएको छ । 

ग्लोबल एनआरएन सिङगिङ आइडलमा विदेशमा बस्ने ४० वर्ष सम्मका नेपालीले सहभागी हुन पाउने छन् । सार्क मुलुकबाहेक अन्य देशमा बसोबास गर्दै आएका नेपाली सहभागी हुन पाउनेछन् । यद्यपि म्यानमारमा बस्ने नेपाली भने सहभागी हुन सक्ने छन् । 

सहभागी हुने प्रवासी नेपालीले ट्रयाकबिना गाएको बढीमा तीन मिनेटको भिडियो पठाउनु पर्नेछ । तर, गितार, मादल बजाएर भने गीत गाउन पाइने छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीत गाउँदा सुरुमा आफ्नो नाम, उमेर र देश उल्लेख गर्नुपर्नेछ भने प्रतिस्पर्धीले गीतको ओर्जिनल गायक–गायिका, संगीतकार एवं स्रस्टाको नाम भनेर मात्र गीत सुरु गर्नुपर्नेछ । 

भिडियो nrnsingingidol@gmail.com मा पठाउनु पर्ने आयोजकले जनाएको छ । 

३० अप्रिलसम्म प्राप्त गीतलाई छनोट गरी उत्कृष्ट ५० जनालाई पहिलो राउन्डमा प्रवेश गराइने छ । ५० जनालाई ५ मे २०२१ देखि अनलाइन भोटिङ्ग सुरु गरिने आयोजकले बताएको छ । 

विजेतालाई सात लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ रहेको छ । 

फाइनलमा प्रवेश गर्ने पाँचजना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

ग्लोबल सिङगिङ आइडल–२०२१ का निर्णायकहरुमा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायिका प्राश्ना शाक्य र गायक विजय लामा छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ३, २०७८  १५:१४
प्रतिक्रिया दिनुहोस्