site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपको अलराउन्डर प्रदर्शनमा काठमाडौं-११ को जित (तस्बिरसहित)
सबै तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । सन्दीप लामिछानेको अल राउन्डर प्रदर्शनमा काठमाडौं मेयर-११ ले मेयर कप क्रिकेट प्रतियोगितामा जित हात पारेको छ ।

आइतबार भएको खेलमा काठमाडौं मेयर-११ ले वाग्मती प्रदेशलाई ९४ रनले हराएको हो । काठमाडौंको मूलपानी क्रिकेट मैदानमा काठमाडौं मेयर-११ ले दिएको २४५ रनको लक्ष्य पछएको वाग्मती प्रदेशले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५० रन बनाएको हो ।

वाग्मती प्रदेशका लागि पृथु बास्कोटाले अर्धशतकीय पारी खेले । ७९ बल खेलेका उनले ८ चौकाको सहयोगमा ६० रन बनाए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यस्तै इशान पाण्डे र कप्तान ज्ञानेन्द्र मल्लले समान १७-१७ रन बनाए । बलिङतर्फ काठमाडौं मेयर–११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । त्यस्तै विपिन खत्री र अनिल खरेलले दुई-दुई विकेट लिए । त्यस्तै कृष्ण कार्की र सिद्धान्त लोहोनीले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर-११ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४४ रन बनायो । काठमाडौं मेयर-११ का लागि सौरभ खनालले सर्वाधिक ४९ रन बनाए । ५८ बल खेलेका उनले ६ चौका र १ छक्काको सहयोगमा ४९ रन बनाउन सफल भए ।

त्यस्तै २० बल खेलेका सन्दीपले ६ छक्काको सहयोगमा ४२ रन बनाउन सफल भए । सिद्धान्त लोहनीले ३४ रन बनाउँदा विपिन खत्रीले ३२ रनको योगदान गरे । 

बलिङतर्फ वाग्मतीका लागि नन्दन यादवले सर्वाधिक ४ विकेट लिए । त्यस्ते अरियो पौड्याल र रामनरेश गिरीले समान दुई–दुई विकेट लिए । दीपेश श्रेष्ठले एक विकेट लिए । 

आजको खेलमा जित निकाल्दै काठमाडौं मेयर-११ ले एक खेलमा दुई अंक जोडेको छ । यता वाग्मती प्रदेश भने लगातार दोस्रो खेलमा पराजित भएको हो ।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्