देश

काठमाडौं । प्रहरीले झापाबाट मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगन्ज गाउँपालिका ६ बस्ने २६ वर्षीया रबिना राजवंशी छन् ।
जिल्ला अदालत झापाको ०७६ असार ३० गतेको फैसलाले मानव ओसारपसार तथा जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई इलाका प्रहरी कार्यालय गौरीगन्जबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
रबिनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकामा अदालतको आदेशले बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७ १३:०२
प्रतिक्रिया दिनुहोस्