site stats
बाह्रखरी :: Baahrakhari
खेल
मेयर-उपमेयर कप चैतमा

काठमाडौं । धनगढीमा मेयर-उपमेयर कप छात्रछात्रा क्रिकेट प्रतियोगिता चैत पहिलो सातादेखि आयोजना हुने भएको छ । प्याब्सन धनगढी नगर समितिको आयोजनामा हुने प्रतियोगिता चैत ३ देखि सुरु हुने भएको हो ।

धनगढी नगर समितिले आयोजना गर्ने प्रतियोगिता यसअघि फागुन २८ गते हुने भनिएको थियो । पछि समय परिवर्तन गरेर चैत ३ गतेका लागि सारिएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रतियोगितामा धनगढी नगर क्षेत्रका सरकारी तथा निजी विद्यालयहरु गरी ३० टोलीको सहभागिता रहनेछ । जसमा छात्रतर्फका १९ टिम र छात्रातर्फका ११ टिमले भाग लिने प्रतियोगिताका संयोजक उदयप्रताप सिंहले जानकारी दिए । 

टी-ट्वान्टीको फर्म्याटमा हुने प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको छात्र तथा छात्रातर्फको विजेतालाई नगद एक लाख ११ हजार प्रदान गरिनेछ । उपविजेतालाई ५१ हजार एक एघार प्राप्त गर्नेछ ।

प्रतियोगिता आयोजना गर्नका लागि झन्डै २१ लाख खर्च हुने अनुमान गरिएकाले त्यसमा झन्डै ६ लाख धनगढी उपमहानगरपालिकाको तर्फबाट सहयोग हुनेछ ।

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १८:५४
प्रतिक्रिया दिनुहोस्