site stats
बाह्रखरी :: Baahrakhari
विदेश
‘बिटकोइन’ले पूरै अर्जेन्टिनाभन्दा धेरै बिजुली खपत गर्छ 

बीबीसी । क्याम्ब्रिज युनिभर्सिटीले गरेको एक विश्लेषणपछि चर्चित डिजिटल मुद्रा ‘बिटकोइन’ले पूरै अर्जेन्टिनाले उपभोग गर्नेभन्दा धेरै बिजुली खपत गर्ने गरेको पत्ता लागेको छ । ‘क्रिप्टोकरेन्सी’को कारोबारमा भुक्तानी सुनिश्चित गर्न कम्प्युटरमा बढी भार पर्ने हुनाले पनि अत्यधिक बिजुली खपत गर्ने गर्दछ ।

अनुसन्धानकर्ताहरुका अनुसार यसले एक वर्षमा झन्डै १२१ं३६ ‘टेट्रावाट’ प्रतिघण्टा बिजुली खपत गर्दछ र मुद्राको मूल्य नघटेसम्म बिजुली खपत कम हुने सम्भावना छैन । यस्तोमा विद्युतीय कार कम्पनी टेस्लाले बिटकोइनमा भारी लगानी गर्ने निर्णय गर्नुले यसको वातावरणअनुकूल छविलाई अर्थहीन बनाइदिएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

टेस्लाले १.५ अर्ब डलरको बिटकोइन खरिद गरेको घोषणा गरेपछि यस हप्ता मात्र बिटकोइन मुद्राले नयाँ रेकर्ड राख्दै प्रतिकरेन्सी ४८ हजार डलरको भएको हो । यस प्रकारले मूल्य बढ्दै जाँदा बिटकोइनको व्यापार गर्नेहरुले अझ धेरै मेसिन प्रयोग गर्नेछन् । जति धेरै मूल्य बढ्यो, त्यति नै धेरै ऊर्जा पनि खपत हुने खोजकर्ता मिसेल रोस बताउँछन् । उनले भनेका छन्, “यसको मूल्य नघट्ने हो भने भविष्यमा पनि यसमा कुनै परिवर्तन आउने छैन र ऊर्जा खपत अनावश्यक रुपमा बढ्दै मात्र जानेछ ।”

यदि, बिटकोइन कुनै देश भएको भए, विश्वव्यापी रुपमा धेरै ऊर्जा खपत गर्नेको सूचीमा यो शीर्ष ३० मा पर्ने थियो । अनलाइन टुलले यसको बिजुली खपत अर्जेन्टिना, यूएई, नेदरल्यान्ड्सभन्दा माथि सूचीकृत गरेको छ । यसले प्रयोग गर्ने ऊर्जाले बेलायतभरिका कित्लीलाई २७ वर्षसम्म पावर दिन सक्ने पनि यसमा उल्लेख छ । यसको अर्थ बिटकोइनले उत्पन्न गर्ने कार्बन डाइअक्साइड बढ्दै मात्र जानेछ ।

बिटकोइनको कारोबार गर्न विशेष किसिमका कम्प्युटरको प्रयोग हुन्छ । जुन क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएको हुन्छ । यसमार्फत बिटकोइन पठाउने र पाउनेबारे भुक्तानी सुनिश्चित गरिन्छ ।

No description available.

प्रकाशित मिति: बिहीबार, माघ २९, २०७७  ११:४३
प्रतिक्रिया दिनुहोस्