site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धनको मुख्य उद्देश्यसहित आयोजित एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् ।  पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् । 
प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारेका थिए ।

No description available.

उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए ।

जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

‘एनसेल बाह्रखरी गल्फ’को उपाधि कार्कीले जिते (१५ तस्बिर)

बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए । 

Global Ime bank

महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनिन् । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् ।

No description available.

६० वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए ।

पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इञ्चको दुरीबाट चुकेका थिए ।
यो एक दिवसीय प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा तीन चौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो ।

No description available.

No description available.

नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको प्रतियोगितामा विजयी खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षता र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

No description available.

समापन समारोहमा मुख्य मन्त्री गुरुङले प्रतियोगिताले पोखरामा आफूहरुलाई पर्यटकको सम्भावनालाई उत्कृष्ट बनाउन सफल भएको बताए । साथै बाह्रखरीले पोखराको पर्यटनमा नयाँ आयाम ल्याएको उनले बताए ।

“पर्यटकको आगमनको प्रतिक्षामा थियौँ । यसै समयमा बाह्रखरीले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्यो । यसलाई हामीले सहजै रुपमा स्वीकार गर्यौँ । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्न एनसेल बाह्रखरी गल्फले ठूलो भूमिका  खेलेको छ, नेपालको पर्यटन प्रवर्द्धनका लागि एनसेललगायतका कर्पोरेट संस्थाहरुको सहयोग रहेको छ । म उहाँहरुलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु,” गुरुङले भने ।

उनले बाह्रखरीले गरेको कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको बताउँदै अब आउँदो प्रतियोगिता मनाङमा गर्न अनुरोध गरेका थिए । 

यस्तो खाले प्रतियोगिताले पर्यटन क्षेत्रमा राहत मिल्ने भएकाले फरक–फरक क्षेत्रमा प्रतियोगिता गर्न सुझाव दिएका थिए ।

मन्त्री गुरुङले कार्यक्रमका लागि सहयोग गर्ने एनसेललगायतका कर्पोरेट संस्थाहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै पर्यटन मन्त्री भानुभक्त ढकालले ‘एनसेल बाह्रखरी गल्फ’ले पर्यटन क्षेत्रको प्रर्वद्धन गर्न भूमिका खेलेको बताए । 

पर्यटन प्रवर्द्धन गर्नका लागि यस्ता खालका गतिविधि आवश्यक रहेको बताउँदै उनले पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिन गल्फ प्रतियोगिता सफल भएको बताए ।

“सरकारले आफ्नो क्षमताले भ्याएसम्म व्यवसायीहरुलाई राहत दिइरहेको छ । पर्यटनसँग सम्बन्धित गतिविधि बढाएर आन्तरिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीहरुले पनि आफ्नो तर्फबाट भूमिका खेल्नु पर्छ,” ढकालले भने ।

मन्त्री ढकालले पनि एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा कार्यक्रम गर्न सफल भएको भन्दै बाह्रखरीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

“सरकारले गर्नुपर्ने काम एउटा मिडिया संस्थाले गरेको छ । यस कार्यक्रम सफल बनाउनका लागि एनसेलले सहयोग गरेको छ । म आवद्ध सबैलाई धन्यवाद दिन चाहन्छु,” ढकालले भने ।

समापान समारोहमा आफ्ना धारणा राख्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्गले बाह्रखरीसँगको सहकार्यले पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

विगतका वर्षहरुझैँ यो वर्ष पनि बाह्रखरीले कोभिड १९ को महामारीले असर गरेको बेलामा कार्यक्रम गर्ने साहस देखाएको भन्दै प्रशंसा गरेका थिए ।

“बाह्रखरीले हरेक वर्ष हामीसँग सहकार्य गर्दै सफलतापूर्वक गल्फ प्रतियोगिता आयोजना गर्छ । यो वर्ष यस्तो अवस्थामा गल्फ गर्ने साहस देखाएकोमा हामी खुसी छौँ । यो कुरालाई हामी सबैले प्रोत्साहन गर्नुपर्छ,” चोङ्गले भनेका थिए ।

यस्तै बाह्रखरी मिडियाका अध्यक्ष प्रतीक प्रधानले गल्फ प्रतियोगिता आयोजना गर्न प्रमुख प्रायोजक एनसेलसहित अन्य सहयोगी कर्पाेरेट संस्थाहरुलाई धन्यवाद दिएका थिए । 

पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि नै पोखरामा गल्फ प्रतियोगिता आयोजना गरिएको भन्दै उनले यसले पोखरासहित नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा उपस्थित पाहुनाका लागि बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन दीपक आचार्यले गरेका थिए । 

विभिन्न स्पर्धामा विजयी खेलाडीहरुलाई सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक सैलेन्द्र खनाल, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अभिनेतृ मनिषा कोइराला, मिस नेपाल नम्रता श्रेष्ठले सम्मान गरेका थिए ।

कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाई नै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरामा ‘एनसेल बाह्रखरी गल्फ’ आयोजना गरिएको हो ।

प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीको सहभागिता रहेको थियो । गल्फरबाहेकका पाहुनाका लागि अल्ट्रालाइट, प्याराग्लाइडिङ, जीप फ्लाइङ, बन्जी जम्पिङ्, र्‍याफ्टिङ, क्यानोनिङ र डुंगा सयरको व्यवस्था गरिएको थियो ।

त्यस्तै पोखरामा आन्तरिक पर्यटन र पर्यटनको पुनरुत्थानप्रति विशेष जागरुकता फैलाउने उद्देश्यले शुक्रबार साइकल र्‍याली आयोजना गरिएको थियो ।

र्‍यालीको पोखराका मेयर मानबहादुर केसीले उद्घाटन गरेका थिए ।

एनसेल प्रमुख प्रायोजक रहेको गल्फ प्रतियोगितामा खेलाडीसहित चार सय बढी  पाहुना सम्मिलित थिए । 

प्रतियोगितामा उपस्थित पाहुनाका लागि १६ वटाभन्दा बढी होटलमा बस्ने व्यवस्था गरिएको छ भने रेष्टुरेन्ट एवम् बार एशोसिएसन पोखरासँग आवद्ध २५ बढी रेष्टुरेन्टमा बाह्रखरीका पाहुनाका लागि विशेष छुटको व्यवस्था गरिएको थियो ।

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको सहकार्य रहेको थियो ।

अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका थिए ।
बाह्रखरी मिडिया प्रतियोगिताको प्रमुख आयोजक रहेको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu