बाह्रखरी गल्फ

पोखरा । ‘एनसेल बाह्रखरी गल्फ’को उपाधि अर्जुनकुमार कार्कीले जितेका छन् ।
शनिबार पोखरामा सम्पन्न प्रतियोगितामा उनले उपाधि जित्न सफल भएका हुन् । कार्कीले उपाधिसँगै गोल्डेन बल पाए ।
पोखराको हिमालयन गल्फ कोर्समा भएको प्रतियोगितामा रवीन्द्र सहानी दोस्रो भए ।
त्यस्तै, महिलातर्फको उपाधि रेखा घिमिरेले जित्न सफल भइन् ।
यी हुन् ‘एनसेल बाह्रखरी गल्फ’को अन्य विधाका विजेताहरु
प्रोसेस टु दी पिन : बलराम थापा
लङयस्ट ड्राइस : नोर्बुछिरिङ शेर्पा
मस्ट बोडिस् : रमेश गुरुङ
सिनियरतर्फ : टेन्डी शेर्पा
बेस्ट ग्रोस : सुरेन्द्र फुयाल
प्रतियोगितामा ७४ कर्पाेरेट सेक्टरका खेलाडीले सहभागिता जनाएका थिए ।
तस्बिरहरुः सुनील प्रधान/बाह्रखरी ।
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७ १७:३१
प्रतिक्रिया दिनुहोस्