
नेपाल दुई ठूला राष्ट्र जुन औद्योगिक क्रान्तिमा अगाडि बढेका र जनसंख्याका हिसाबले पनि अर्बभन्दा बढी भएका मुलुकको बीचमा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण, विभिन्न सांस्कृतिक, जातजाति भएका सुन्दर देशको पर्याप्त प्रवद्र्धन गर्न सकेनौं । यसको माइलेज धेरै छ, तर यी दुई ठूला देशबाट जुन मात्रामा पर्यटक भित्र्याउन पर्ने हो विभिन्न कारणले भित्रिन सकेका थिएनन् । यद्यपि निजी क्षेत्र जुन हिसाबले अगाडि बढिरहेको छ र नेपाल सरकारलाई विगत केही समयदेखि देशको मुख्य आधार पर्यटन हो भनेर बुझाउने प्रयास गरिरहेका छौं । पर्यटनबाहेक अरू क्षेत्रबाट हाम्रा दुई छिमेकी मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैनौं भनेर बुझाउन प्रयास गर्दै आयौं र त्यसलाई नेपाल सरकारले पनि महसुस गरेको हामीले आभास गरेका छौं ।
सरकारबाट प्रयास नभएका पनि होइनन् । सरकारले सन् १९९८, सन् २०११ र सन् २०२० मा पनि पर्यटन प्रवद्र्धनको प्रयास गरेकै हो, त्यसको हामीले सराहाना गर्नैपर्छ । सरकारले निजी क्षेत्रको कुरालाई पनि सुन्दै नेपाललाई पर्यटकीय गन्तव्य बनाउनुपर्छ भन्ने पहल गर्यो । तर, बीचमा दुर्भाग्यवश संसारलाई नै आक्रान्त पार्ने खालको महामारीले यो अभियानलाई ब्रेक गर्यो ।
भौतिक पूर्वाधारमा राज्य केन्द्रित हुने हो भने त्यसले पर्यटनलाई अझै गतिशील बनाउने काम गर्थ्यो । त्यो राज्यबाट हुन सकेको छैन । निजी क्षेत्रबाट पनि प्रयासहरू भएका छन्, प्रयास गरेको छ, लगानी गरेको छ । मेनपावर उत्पादन गरेको छ, देशमा रोजगारी सिर्जना गरेको छ । त्यसमा राज्यले साथ नदिएको पनि होइन, दिएको छ तर विभिन्न कारणले मिलेको छैन । अहिले पर्यटन व्यवसायीको जुन चाहना छ, सरकारबाट भौतिक पूर्वाधारमा केही समय केन्द्रित भएर बाटो, यहाँका प्राकृतिक सम्पदाहरूको संरक्षण, यहाँका ताल, नदी नालाहरूको संरक्षण गरिदिने हो भने त्यही हेर्ने यहाँ पर्यटक आउन लालायित हुनेछन् ।
यस्ता कुरामा स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार गरी तीन तहको सरकार निर्माण भयो केही समय कानुन निर्माणमा अलमल भए । यी काम जुन स्प्रिटमा जानुपर्ने थियो त्यो भएन । हामीले धेरै अपेक्षा राखेका छौं । अब गति लिन्छ कि भन्ने बेलामा कोभिड १९ को दुर्भाग्य आयो । पछिल्लो राजनीतिले पनि हामीलाई निराश पनि बनाएको छ । त्यो हुँदाहुँदै पनि हामी कसरी अगाडि बढ्ने भनेर रणनीति बनाएका छौं ।
स्थानीय र प्रदेश सरकारको पनि भावना पर्यटन नै हो भन्ने भएको छ । गण्डकी प्रदेशको हकमा र हामी अन्य विभिन्न प्रदेशमा जाँदा पनि त्यो भावना पाएका छौं, पहिलाको सोंचमा परिवर्तन आएको छ । बुझ्ने प्रयास गरेका छन्, बुझेका छन् । तर, हाम्रो (निजी क्षेत्रको) चाहनाअनुसार उनीहरूले काम गर्न सकेका छैनन् । संघीय कानुन, प्रदेश कानुन निर्माणले धेरै कुरा अल्झाएको छ । उनीहरूले गर्न खोजेका छन्, तर जुन हिसाबले गर्नुपर्ने हो त्योअनुसार गर्न सकेका छैनन, त्यसैले हामी सन्तुष्ट छैनौं । त्यसैले हामी लागि परेका छौं । थकाइ लागे पनि थाकेर बस्ने छैनौं ।
हामीले आन्तरिक पर्यटकका लागि नयाँ प्रोडक्टका लागि फेवा तालमा म्युजिकल फाउन्टेन राख्न सक्छौं । त्यो आन्तरिक पर्यटकका लागि मात्रै नभएर बाह्य पर्यटकका लागि पनि बसाइ लम्ब्याउन सहयोगी हुन्छ । त्यसलाई धेरै खर्च पनि लाग्दैन । प्रदेश सरकारले दुई साताभित्र राख्न सक्छ । यस्ता नयाँ प्रोडक्ट बनाउन सकिने धेरै योजना छन्, कार्यान्वयन हुनुपर्यो ।
कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयास स्वरुप बाह्रखरी मिडियाले एनसेल–बाह्रखरी पलह अन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गरेको अन्तरक्रियामा उनले यस्तो आग्रह गरेका हुन् । सुस्ताएको पर्यटन क्षेत्रलाई पुनर्जिवित गर्न एनसेललगायतका कर्पोरेट क्षेत्रको सहयोगमा बाह्रखरीले गल्फ आयोजना गर्न लागेको हो ।
एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको पनि सहकार्य रहेको छ ।
अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।