site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Nabil BankNabil Bank
पोखराका २० प्रतिशत होटेल व्यवसायी पलायन, तत्काल पहल नगरिए अवस्था जटिल बन्ने चिन्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटन व्यवसायीहरूले पीसीआर परीक्षणको व्यवस्था गराएर सीमा नाका खुलाउन आग्रह गरेका छन् ।

अहिले पनि चोर बाटो प्रयोग गरेर मान्छे भित्रिएको भन्दै उनीहरूले बरु औपचारिक रुपमै आउन दिइए पर्यटन प्रवर्द्धन सहयोग खेल्ने उनीहरूको भनाइ छ । सीमा नाकामा पीसीआर परिक्षण गराएर नेपाल भित्रन दिने व्यवस्था गरे कोभिड १९ को चपेटामा परेको पर्यटन क्षेत्रका लागि राहत पुग्ने अपेक्षा उनीहरूको छ ।

कोभिड १९ को असरबाट पर्यटनलाई उकास्ने प्रयासस्वरुप बाह्रखरी मिडियाले एनसेल-बाह्रखरी पहलअन्तर्गत पोखराका पर्यटन व्यवसायीबीच गतसाता गरेको अन्तर्क्रियामा सहभागी व्यवसायीले यस्तो आग्रह गरेका हुन् । होटल संघ पोखराका निर्वमान अध्यक्ष भरत पराजुलीले कोभिड १९ का कारण पोखराका २० प्रतिशत होटेल विस्थापित भइसकेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

एनसेल प्रमुख प्रायोजक रहेको बाह्रखरी गल्फको यो प्रतियोगितामा नेपाल टुरिजम बोर्ड, गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको सहकार्य रहेको छ । अन्य प्रायोजकमा डिसहोम, भाटभटेनी सुपरमार्केटस्, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, काल्र्सबर्ग, सिभास रिगल, हुन्ड्याई मोटर्स, र आईएमई रहेका छन् ।

घर भाडामा लिएर व्यवसाय गरेका व्यवसायीले व्यवसाय छोडिसकेको उनले बताए । “कतिपय घरबेटीले अहिले नछोड्नु होस्, बत्ती, पानीको पैसा तिर्नु, अवस्था सामान्य भएपछि मात्रै भाडा दिनु भनेर पनि राखेका छन् । शुक्रबार, शनिबार अलिअलि चहल पहल छ, आइतबारदेखि बिहीबारसम्म अकुपेन्सी न्यून छ । अवस्था यस्तै भयो सुधार आएन भने छिट्टै कोल्याप्स हुने सम्भावना छ,” उनले भने । यद्यपि त्यस्तो नहोस् भनेर आन्तरिक पर्यटनलाई चलायमान बनाउन प्रयास गरिरहेको उनले बताए । उनले सीमाबाट चोर बाटो प्रयोग गरेर मान्छे आइरहेको भन्दै त्यसरी भन्दा औपचारिक रुपमै पीसीआर गराएरै भए पनि नेपाल छिर्न दिने व्यवस्था गरिए पर्यटन उद्योगलाई केही भएपनि राहत दिने बताए । स्वास्थ्य मापदण्ड लागु गराएर सीमा नाका छिटो नखोलिएन त्यसको असर लामो समयसम्म रहने र पर्यटन क्षेत्रको रिभाइभका लागि लामो समय लाग्ने व्यवसायीहरूको चिन्ता छ ।

Global Ime bank

 

 


 
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराईले अहिले पर्यटन व्यवसाय सुरक्षित राख्ने र यसलाई कसरी चलायमान बनाउने भन्ने विषय नै महत्त्वपूर्ण रहेको बताए । यदि राज्य अभिभावक हो भने व्यवसायीलाई राहतका प्याकेज तुरुन्त दिनुपर्ने उनले बताए । “सरकारले नै घोषणा गरेको राहत प्याकेज कार्यान्वयन गर्नुपर्छ भनेर हामीले बारम्बार भनिरहेका छौं । घोषणा गरिएको राहत प्याकेज कार्यान्वयन निकै ढिला भइरहेको छ । एक्स्पाएर भएपछि औषधि उपचार गर्नुको औचित्य हुँदैन,” उनले भने ।

पर्यटन क्षेत्रको रिभाइभका लागि सबैभन्दा पहिला साझेदारीमै जानुपर्नेमा उनले जोड दिए । “निजी क्षेत्रले मात्रै गर्छु भनेर पनि सक्दैन, सरकारले मात्रै गर्छु भनेर पनि हुँदैन । साझेदारीमा नै अगाडि बढ्नुपर्छ,” उनले भने । अहिले पर्यटन उद्योग शत्‌प्रतिशत घाटामा रहेको उद्योग भएको भन्दै उनले अरु उद्योगको तुलनामा यो उद्योग सबैभन्दा ढिलो रिभाइभ हुने निश्चित रहेको बताए । उनले आन्तरिक पर्यटनलाई अगाडि बढाउन दुई दिन बिदा दिने अवधारणा कार्यान्वयनमा ल्याउन पनि आग्रह गरे । “सातामा दुई दिन मात्रै बिदा भइदियो भने पर्यटन प्रवर्द्धनमा ठूलो राहत हुन्छ । अहिले शनिबार बिदा हुँदा शुक्रबार हाँक्किएर काठमाडौंलगायत ठाउँबाट आन्तरिक पर्यटक पोखरा आइरहेका छन् । उनीहरू आतुर गरेर हिँडिरहेका छन् । यदि दुई दिन बिदा हुने हो भने उनीहरू सहज रुपमा एक ठाउँबाट अर्को ठाउँमा जाने गर्छन् । त्यसले आन्तरिक पर्यटनलाई टेवा दिन्छ,” उनले भने ।

 


उनले दीर्घकालीन पर्यटनको कुरा गर्दा आन्तरिक पर्यटन प्रवर्द्धन नगरी अगाडि बढ्नै नसक्ने बताए । त्यसका लागि प्याकेज ल्याउन आवश्यक रहेको उनको भनाइ छ । पोखरामा रहेका पर्यटनसँग सम्बन्धित संघ-संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न संस्थागत रुपमा प्याकेज घोषणा गर्ने तयारी गरिरहेको जानकारी गराए ।

नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले पनि पर्यटन क्षेत्रलाई अगाडि बढाउने विषयमा धेरै कुरा सरकारमै निर्भर रहेको बताए । न्यु नर्मल अवस्थामा जाने क्रममा पोखराका कतिपय गन्तव्यहरू खुला गर्न ढिलो गरिएको र पीसीआर अनिवार्य हुनुपर्ने भन्ने व्यवस्थाले आन्तरिक पर्यटनलाई निरुत्साहित पनि बनाएको उनले बताए । “मुक्तिनाथ मन्दिर खुल्यो तर मुक्तिनाथ दर्शन गर्न जानको लागि पीसीआर अनिवार्य भन्ने छ । यसअघि केही समय मर्दी हिमाल खुल्यो, पछि पीसीआर रिपोर्ट अनिवार्य भनियो त्यसपछि पर्यटक जान निकै कम भयो, जानैपर्नेहरू मात्रै गए । अहिले फेरि पीसीआर हुनुपर्दैन,” उनले भने, “यस्ता व्यवस्थाले पर्यटकलाई निरुत्साहित गर्छ ।”

सीमा नाका खोल्ने र पीसीआरको विषय परिमार्जन गर्ने भनेर नयाँ पर्यटनमन्त्रीले भनेको भन्दै उनले छिटो त्यो व्यवस्था गर्न आग्रह गरे । “यदि सीमा नाका खुल्यो भने आन्तरिक मात्रै होइन भारतीय पर्यटक पनि आउनेछन् । मुक्तिनाथ मन्दिरको दर्शन गर्न भारतीय पर्यटक आउन निकै उत्सुक छन् । अहिले आउँदै नआएको पनि होइन । चोर बाटो अपनाएर आउनेलाई केही नचाहिने स्थिति छ । त्यसैले चोर बाटोबाट होइन कि सीधै आउन दिने व्यवस्था बनाउनुपर्छ,” उनले भने ।
 
उनले स्थानीय, प्रदेश र संघीय सरकारले पर्यटन प्रवर्द्धनका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । “विशेषगरी प्रदेश सरकार पर्यटन गन्तव्य खुलाउन र विभिन्न कार्यक्रम गर्न निर्णायक तहमा जानुपर्छ,” उनको भनाइ थियो ।

यसैगरी टान पोखराका उपाध्यक्ष धर्मराज पन्थीले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीहरूका लागि एक साते पेड होलिडेको व्यवस्था गरिनुपर्ने बताए । “पेड होलिडे गर्दा कर्मचारीहरू पनि घुम्न जान पाउने हुन्छ । त्यसले कर्मचारीलाई रिफ्रेसमेन्ट हुन्छ र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउँछ,” उनले भने ।

पर्यटन व्यवसायीसमेत रहेका नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य विप्लव पौडेलले मौद्रिक नीतिमार्फत गरिएको पुनरुत्थान कोष कार्यान्वयनमा ल्याउनुपर्ने बताए । राज्यले दुई वर्षसम्म ब्याज तिर्न नपर्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । “हामीले बैंकबाट लिएको ऋणको ब्याज नै तिर्दैनौं भनेको होइन, तिर्ने समयावधि न्यूनतम दुई वर्षपछाडि राखिदिनुपर्छ । व्यवसाय फेरि सुरु गर्नका लागि वर्किङ क्यापिटल दिनुपर्छ,” उनले भने, “मौद्रिक नीतिमा गरिएको पुनरुत्थानको प्याकेज कार्यान्वयन तत्काल गर्नुपर्छ । गरेन भने मरेपछि औषधिको केही काम हुँदैन ।” 

 

उनले आन्तरिक पर्यटनले मात्रै नेपालको समग्र पर्यटनको रिभाइभ गर्न नसक्ने बताए । “आन्तरिक पर्यटकले सञ्‍चालन खर्च पनि पुग्दैन । ६० प्रतिशतमध्ये २० प्रतिशत योगदान आन्तरिक पर्यटकको होला । तर, कहिलेसम्म यसरी धानिएर मात्रै बस्ने ? २० प्रतिशत आन्तरिक पर्यटकबाट होटेल चलाएर फाइदा हुन्छ ? हुँदैन,” उनले भने । सरकारले नै व्यवसाय बन्द गराइदिएको तर ११ महिना भइसक्दा पनि खोल नभनेको उनले बताए । उनले पर्यटन क्षेत्रको रिभाइभ सरकारबाटै सुरु हुनुपर्ने भन्दै पूर्वाधार लगानी गर्न आग्रह गरे । “पूर्वाधारमा राज्यले लगानी गरोस् क्याम्पियन निजी क्षेत्रले गर्छ । गाडी हामीसँग छ, त्यसलाई चलाउन तेल हाल्ने काम राज्यले गरिदिनुपर्छ,” उनले भने ।

 

बाह्रखरी मिडियाले आगामी माघ २४ गते पोखरामा आयोजना गर्न लागेको एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पूर्वसन्ध्यामा पर्यटन व्यवसायीहरूसँग अन्तर्क्रिया गरेको हो । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने उद्देश्यले बाह्रखरीले चौथोपटक आयोजना गर्न लागेको गल्फ प्रतियोगिताले पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने अपेक्षा पोखराका पर्यटन व्यवसायीको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement