site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेकपा परित्याग गरी ५१ जना कांग्रेसमा प्रवेश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी ५१ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । रामेछाप पकरबासका रोशन बुडाथोकीको नेतृत्वमा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लव न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना दिएका छन् । कांग्रेस रामेछाप सम्पर्क समिति सभापति राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश गर्नेहरुमा रोशन बुडाथोकी, कृष्णहरि खड्का, अमित कार्की, हेमबहादुर कार्की, तुलाबहादुर कार्की, अनिल थापामगर, कृष्ण श्रेष्ठ, मोहनकुमार भण्डारी, राजन भण्डारी, रुपेश भण्डारी, पदमबहादुर मोक्तान, पासाङ लामा, मोती घिसिङ, सन्देश लामा, गोपी खत्री, जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोजबहादुर लामा, प्रकाश थापा, सुजन मोक्तान, सागर योन्जन, सुरेन्द्र पण्डित, गणेश पण्डितलगायत ५१ जना छन् ।

प्रकाशित मिति: बिहीबार, पुस ९, २०७७  १८:२१
प्रतिक्रिया दिनुहोस्