site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित, बेलुकी ५ बजे पुन: बोलाइयो
Argakhachi Cement Island Ad

काठमाडौं । गणपूरक नपुगेपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरे पनि बेलुका ५ बजे पुन: बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।  आज बिहानका लागि परिषद्‍का अध्यक्षसमेत रहेका प्रधानमन्‍त्री केपी शर्मा ओलीले बैठक बोलाएका थिए । बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने उपस्थित थिए । 

बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा नगएसँगै गणपूरक संख्या नपुगेको हो । परिषद् बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने व्यवस्था छ । उपसभामुख पद रिक्त रहेको अवस्थामा सभामुख सापकोटा नजाँदा परिषद् अध्यक्ष रहने प्रधानमन्त्रीसहित अन्य तीनजना सदस्य मात्र उपस्थित हुने देखिन्छ ।
तस्बिर : सूर्य थापा, प्रधानमन्त्रीका प्रेस सल्लाहकार 

प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  १०:३२
प्रतिक्रिया दिनुहोस्