site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संवैधानिक परिषद् बैठकमा सभामुख सापकोटा गएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । संवैधानिक परिषद् बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा उपस्थित भएका छैनन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सभामुख सापकोटा बैठकमा नगएको बाह्रखरीलाई जानकारी दिएका छन् ।

‘‘बैठकअघि हुनुपर्ने समन्वय भएन । पूर्वतयारी र गृहकार्य पनि भएन । त्यसैले उहाँ बैठकमा नजानुभएको हो,’’ न्यौपानेले भने । परिषद् अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ती कार्य नगरेको भन्दै सभामुख बैठकमा नगएका हुन् । 

यसअघि सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा नजाँदा बैठक कोरम नपुग्दा बस्‍न सकेको थिएन । परिषद् अध्यक्ष रहेका ओलीले आज बैठक बोलाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्‍ने बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्‍न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ ।

नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधानन्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ।

Global Ime bank

प्रतिनिधिसभामा हाल उपसभामुख पद रिक्त छ ।

देउवा गए पनि पुग्दैन गणपूरक
संवैधानिक परिषद्को बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा नगएसँगै गणपूरक संख्या नपुग्‍ने भएको छ । परिषद्को बैठकमा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने व्यवस्था छ ।

उपसभामुख पद रिक्त रहेको अवस्थामा सभामुख सापकोटा नजाँदा परिषद् अध्यक्ष रहने प्रधानमन्त्रीसहित अन्य तीनजना सदस्य मात्र उपस्थित हुने देखिन्छ ।

नेपालको संविधानको धारा २८४ मा संविधानबमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ ।

सभामुख नगएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा बैठकमा सहभागी भए पनि गणपूरक संख्या पुग्दैन । आइतबार परिषद् बैठकमा नगएका देउवा बैठकमा गए पनि उनी सहभागी बैठकमा गणपूरक संख्या नपुग्ने देखिन्छ ।

-फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३०, २०७७  ०९:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement