site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बहुमत समूहको बटम लाइन : एक पदबाट ओलीको राजीनामा

काठमाडौं । तिहार सकिँदै जाँदा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पनि ध्रुवीकरण बढ्दो छ । नेताहरूले आफ्नो पोजिसन प्रष्ट बनाउन थालेका छन् ।

कात्तिक २९ गते र ३० गते प्रधानमन्त्री केपी शर्मा ओलीले सघन परामर्श गरे । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै समस्याको कारक ठहर्‍याउँदै पेश गरेको दस्तावेजलाई कसरी लिने भनेर धारणा तय गर्न र आफ्नो पोजिसन प्रस्ट पार्न समय खर्चिए । उनले राष्ट्पति विद्यादेवी भण्डारीसहित आफू पक्षका सबैजसो नेतासँग परामर्श गरे ।

ओली समूहले प्रचण्डले दस्तावेज फिर्ता नलिएसम्म आगामी बुधबार (मङ्सिर ३) गतेलाई तय भएको सचिवालय बैठकमा सहभागी नहुने सोच बनाएको छ । कदाचित बहुमत पक्षले बैठक अघि बढाए त्यसलाई नै फुटको विन्दु मान्ने धारणा समेत बनाएको छ ।

यता, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले पनि आफ्नो पोजिसन प्रस्ट बनाएका छन् । सचिवालयका सबैजसो सदस्यहरूले दस्तावेजको अपनत्व पनि लिइसकेका छन् । 

आइतबार प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलाई अढाइ घण्टाको अघिपछिमा भेटे । ओलीसँगको भेटमा दुवै नेताले आफ्नो अडान प्रष्ट राखेका छन् । र, ओलीलाई नै सच्चिन आग्रह गरेका छन् ।

बहुमत सचिवालय सदस्यहरूले दस्तावेजमा अघि सारिएझैं ओलीको नेतृत्वमा सरकार र पार्टी दुवै नचल्ने निष्कर्ष निकालेका छन् । कम्तीका एक पद छाडेर तत्काल देखिएको समस्याको निकास दिनुपर्ने उनीहरूको अडान छ । र, ओली सहभागी नभए पनि मङ्सिर ३ गतेलाई तय भएको बैठक नरोकिने उनीहरूको भनाइ छ ।

“प्रधानमन्त्री ओलीले कम्तीमा एक पद त्याग गर्नुपर्छ,” एक सचिवालय सदस्य भन्छन्, “ओलीबाट सरकार र पार्टी दुवै नचलेका कारण यथाहालतमा अघि बढ्न सकिँदैन ।”

स्थायी कमिटी सदस्य रघुजी पन्तको पनि त्यही निष्कर्ष छ । उनले पनि समस्याको निकास दिने दायित्व केपी ओलीकै भएकाले उनैले पहल गर्नुपर्ने बताउँछन् ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालको पनि त्यही तर्क छ । बैठक बस्ने भएपछि हरेक सदस्यले आफ्ना धारणा, प्रस्ताव लिखित मौखिक रूपमा ल्याउन पाउने जिकिर गर्दै प्रचण्डको दस्तावेज अनुचित नभएको जिकिर गर्छन् । त्यसले झन् बहस, छलफललाई व्यवस्थित गर्ने उनको बुझाइ पनि छ ।

“लिखित मौखिक प्रस्ताव राख्ने हाम्रो परम्परा नै हो,” उनी भन्छन्, “प्रचण्डले लिखितरूपमा ल्याउनुभएको छ ।”

प्रधानमन्त्रीले बैठक राख्न, छलफल नै गर्न अस्वीकार गरेकाले एकतर्फी दस्तावेज अघि सार्नुपरेको पनि उनको भनाइ छ । “प्रधानमन्त्री परामर्श गर्न तयार हुनुपर्‍यो नि । बैठक नै डाक्न नमानेर बहुमत सचिवालय सदस्यले लिखित माग गर्नुपर्‍यो । सहमति नदिने अनि परामर्श भएन भन्न त कहाँ पाइयो र ? बैठकको माग गर्दा पत्र लेखेर काउन्टर गरेको उहाँले होइन ?,” उनी प्रश्न गर्दै भन्छन् ।

अर्का स्थायी कमिटी सदस्यले ओली सहमतिमा आए सहमतिमा नभए बहुमतीय विधिबाट चल्ने जिकिर गरे । “दुनियाँमा बहुमत भनेको पार्टी हो । हाम्रो सिद्धान्त, कार्यदिशाले पनि त्यही भन्छ,” उनी भन्छन्, “अध्यक्ष भएका हिसाबले सबैलाई विश्वासमा लिने, उठेका प्रश्नको जवाफ दिने केपी ओलीले नै हो । उहाँ छलफल, बहसबाट भाग्नुभयो भने, पार्टी अघि बढ्छ,” उनी प्रष्टरूपमा आफ्ना कुरा राख्छन् ।

ओलीनिटक स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरूङ प्रचण्डले एकल रूपमा ल्याएको दस्तावेज स्वीकारेर जाने अवस्था नरहेको बताउँछन् । प्रचण्डले ओलीको सहमतिबिना दस्तावेज ल्याउनु एकताविपरीत रहेकाले त्यो सच्याउनुपर्ने धारणा राख्छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  ०८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro