site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपाली सेनाले ९० शय्याको आइसोलेसन कक्ष बनाउने

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बिहान बसेको बैठकले कोरोना सङ्क्रमण लक्षण देखापरेका व्यक्तिलाई तत्काल उपचार सेवा प्रदान गर्न नेपाली सेनाका विभिन्‍न ब्यारेकमा ९० श्य्याको आइसोलेसन कक्ष स्थापना गर्ने निर्णय गरेको छ ।  संक्रमण भएका र लक्षण देखिएका बिरामीलाई भर्ना गरी उपचार सेवा पुर्‍याउने उद्देश्यले सो आइसोलेसन कक्ष स्थापना गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

सोही बैठकले मध्यपृतना मुख्य कार्यालय सुपारेटार, दलगण चित्लाङ, नं एक जगदलगण सुनाचुरी, काली इञ्जिनीयरिङ दलगण भैँसे, पुरानो गोरखगण सुपारेटार, नं ३ कुलेखानी, भीमफेदीस्थित प्लाष्टिक उद्योग र छतिवन ब्यारेकमा पनि छुट्टाछुट्टै आइसोलेशन कक्ष स्थापना गर्ने निर्णय गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोही बैठकले नेपाली सेनाद्वारा सञ्चालन गर्न लागिएको आइसोलेशन कक्षमा सङ्क्रमण देखिएका बिरामीलाई सेनाकै चिकित्सकबाट सेवा उपलब्ध गराउने र अति गम्भीर प्रकृतिका बिरामीलाई आवश्यकतानुसार चितवन वा वीरगञ्जतर्फको कोभिड अस्पतालमा उपचार गर्न पठाउने निर्णय गरेको सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए । 

बैठकमा जिल्लाका विभिन्न स्थानमा आगामी असोजको पहिलो हप्तादेखि यातायात सञ्चालन गर्न आवश्यक कार्यतालिका तयार गरी ल्याउन नारायणी यातायात व्यवसायी सङ्घलाई सुझाव दिइएको छ । - रासस

प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्