site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
युवा र नेपाली राजनीति 

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र साांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक शक्ति हो । युवा भन्नाले शरीरमा बल, मस्तिष्कमा सोच, मनमा सपना र सपना साकार गर्न सक्ने क्षमताका साथै जोस र जाँगर भएको उमेर हो । समृद्ध एवम् सबल युवा हुन उमेरका साथै शारीरिक एवम् मानसिक स्वस्थ हुनुपर्छ । यस्तै सामाजिक, राजनीतिक, सांस्कृतिक एवम् आर्थिक चिन्तनसमेत उन्नत हुनु जरुरी हुन्छ । नेपालका सन्दर्भमा १६ वर्षदेखि ४० वर्ष उमेर समूहलाई युवा भनिन्छ । विसं २०६८ को जनगणनाअनुसार नेपालमा युवाको संख््या ४०.३५ प्रतिशत छ ।

विश्वका हरेक परिवर्तनमा युवाको महत्त्वपूर्ण योगदान हुन्छ । राष्ट्र निर्माण तथा समाजको आर्थिक, सामाजिक तथा राजनीतिक विकासमा युवाको अग्रणी भूमिका रहँदैआएको छ । युवा नै परिवर्तनका वाहक हुन् र समाजलाई नेतृत्व दिने शक्ति हुन् । नेपालमा सानाठूला सबै आन्दोलनमा युवाको भूमिका रहँदैआएको छ । 

राणा शासन अन्त्य गर्दा होस्  या २०४६ र २०६३ सालको जनआन्दोलनमा युवाको महत्त्वपूर्ण सहभागिता थियो । विसं २००७ साल र २०४६ सालको आन्दोलनबाट परिवर्तन त भयो तर आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक परिवर्तन संस्थागत हुन नसक्दा आज नेपालको विकासको गति सुस्त छ । हामीसँगै राजनीतिक परिवर्तन भएका चीन र भारत द्रुत गतिमा आर्थिक र सामाजिक विकासतिर लम्किँदा हामी भने कछुवा गतिमा पनि हिँड्न सकेका छैनौ । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेसम्मका परिवर्तनको मसिनो विश्लेषण गर्ने हो भने युवाको विगत जति कष्टप्रद  थियो वर्तमान पनि उत्तिकै निसासिँदो र भविष्य झनै अन्योलग्रस्त रहने अशुभ संकेत देखापरेका छन् । विगतमा हामीले उठाएका विषय, माग, नारा र योजना ठीक थिए कि थिएनन् भनेर समीक्षा गर्ने जिम्मेवारी पनि युवाकै काँधमा छ ।

अहिलेको युवा बृहत्तर हितका लागि प्रणालीस“ग प्रश्न गर्न आएको छ । हामी दुई महिना अगाडिको उदाहरण ‘इनफ इज इनफ’ भन्ने अभियानलाई लिन सक्छौँ । आजका युवामा राजनीतिक चेतना छ । अब उचित दिशामा कसरी जान सकिन्छ भन्नेमा विमर्श जरुरी छ । 

Global Ime bank

स्थानीयदेखि राष्ट्रिय तहमा, नीतिदेखि नेतृत्वसम्म आजका युवाले समृद्ध नेपाल निर्माणको लक्ष्यमा पुग्नुछ । अन्तर्राष्ट्रिय मञ्चहरुमा सक्षम नेपाली युवाले आधिपत्य जमाउनु छ । जो जहाँ छौ त्यहीँबाट नेपाल र नेपालीको बारेमा सोचेर हातेमालो गर्दै अगाडि बड्नु आवश्यक छ । 

समस्या के छ भने नेपालका युवा सेरोफेरोमा बसेर राजनीतिप्रति घृणा प्रकट गर्छन् । राज्यप्रति आक्रोश व्यक्त गर्छन् र हरबखत प्रतिक्रिया दिई राख्छन् । यो शैली नितान्त प्रतिक्रियावादी शैली हो । आफ्नो देशको राजनीति बिग्रेको देखेर पनि त्यसलाई सुधार्न कम्मर नकस्नु र कसैले आएर कुनै दिन देश बनाइदेला भनेर पर्खेर बस्नु युवालाई सुहाउँदैन । 

राजनीति घृणाको विषय होइन । हाम्रो सोचले यसलाई घृणित बनाएको हो ।

अहिले युवामा देशको लागि केही योगदान गर्नेभन्दा विदेश गएर पैसा कमाएर मोजमस्ती गर्ने रुचि बढी देखिन्छ । यद्यपि, कतिपयका लागि कमाउनु बाध्यता पनि हुन्छ ।

नेपालमा नै रहेका युवा पनि रोजगारी तथा जीवनयापनका लागि आयआर्जन गर्न सहरका गल्ली गल्लीमा भौँतारिदै हिँड्नु परिरहेका छ । खाडी मुलुक र मलेसियाको तलबको भरमा परिवार पाल्नुपर्ने अवस्था छ । सरकारसमेत रेमिट्यान्सको भर परिरहेको छ । युवामा निजी क्षेत्रमा काम गर्ने उत्साह एवम् आकर्षण छैन । नेपाल बाहिर गएर पढ्नेहरु पनि काम गर्न, सीप देखाउन गर्न स्वदेश फर्किनु जरुरी छ । यसका लागि पनि राजनीतिमा युवा चासो जरुरी छ । राम्रो बाटोमा लागेर नेपालका लागि योगदान गर्ने उमेर पनि यही हो । जाग युवा नेपाललाई तिम्रो खाँचो छ ।


 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  २०:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय