site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको आर्थिक विकास र समृद्धि 

विकास समय र परिस्थितिले ल्याएजस्तो देखिए पनि त्यसका लागि निकै ठूलो समर्पण एवं प्रतिबद्धता चाहिन्छ । नेपालले आफ्नो विशेष भौगोलिक र प्राकृतिक संरचना र सम्पदाको उपयोग गरेर नै आर्थिक विकास र समृद्धिको यात्रा थालनी गर्नुपर्छ । संसारका सबै देशमा लागि कोरोनाको कहर चुनौती तथा मानव जीवनका निम्ति शिक्षा बनेर आयो । यसले संसारको रितिथिति बदल्न सक्छ । अब गर्नुपर्ने परिवर्तनका क्रममा विकासका लागि आजसम्म अपनाइएका  तौरतरिकामा भएका कमजोरी केलाई अब सुधारेर जाने अवसरका रुपमा नीति निर्माता र योजनाकारले सदुपयोग गरून् ।

१ शिक्षामा व्यापक लगानी

दक्षिण कोरियामा राज्यले शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल हासिल भएको स्पष्ट देखिन्छ । दक्षिण कोरियाली सरकारले देशभित्र शिक्षामा लगानी बढाउनुका साथै उच्च शिक्षाका निम्ति विकसित देशका विश्वविद्यालयमा अध्ययन गर्न राज्यको खर्चमा विद्यार्थी पठाएको तथ्य स्मरण गर्नुपर्छ । ती विद्यार्थी अध्ययन पूरा गरेपछि स्वदेशमै फर्किने र योग्यताआरूप राज्यले रोजगारी दिने वातावरण बनाइएको थियो । नेपालले पनि विकासको जगको रुपमा शिक्षामा आमूल परिवर्तन गर्दै सीप र रोजगारीमूलक शिक्षामा जोड दिनुपर्छ । राज्यको लगानीमा नागरिकले सिकेको सीप, आर्जेको ज्ञान, खुलेको चेतना, बढेको क्षमता र प्राप्त विषयगत विज्ञतालाई राज्यले सदुपयोग गर्न सक्छ । दक्ष र क्षमतावान जनशक्तिविना देशले विकासमा फड्को मार्न सक्दैन । यसैले शिक्षाको क्षेत्रमा सुधार र आर्थिक लगानी गर्नुपर्छ। 

Prabhu Bank
Agni Group
NIC Asia

२.  जल सम्पदाको उपयोग

नेपालले आफ्नो विशाल जलस्रोतको भरपूर उपयोग गर्नुपर्छ । देशभित्रको उपभोगका लागि स्वच्छ र शुद्ध पिउने पानी तथा यसलाई व्यावसायीकरण गर्दै विश्व बजार र खासगरी खाडी देशमा हाम्रो पानीको बृहत् व्यापार गर्न सकिन्छ । हाम्रा नदीहरुमा रहेको पानीको प्रवाहलाई जलविद्युत् उत्पादनको क्षेत्रमा उपयोग गर्दै प्रशस्त बिजुली उत्पादन गरी आन्तरिक खपतबाट उब्रिएको बिजुली विदेशी बजारमा विक्री गर्नुपर्छ । साथै नहरहरु निर्माण गरी सुक्खा टारहरु, फाँट र तराई तथा भित्री मधेसका जमिनमा सिंचाइ गर्नुपर्छ ।

Global Ime bank

३. कृषिमा आधुनिकीकरण

दक्षिण कोरिया, इजरायल, पोर्चुगल, भुटान र भारतले अपनाएको कृषि नीतिले उनीहरूको समृद्धिमा ठूलो योगदान गरेको देखिन्छ । नेपालले सिंचाइको व्यवस्था गरी आधुनिक खेतीपातीका लागि कृषिको आधुनिकीकरण गरी उब्जनी बढाउनु पर्छ । मानिसहरु खेतीपाती गर्न नचाहेर र नजानेर विदेश गएका होइनन् । उनीहरु त खेतीपातीबाट प्राप्त उब्जनीले परिवार धान्न नसकेर गएका हुन् । कोरोनाको कहरपछि स्वदेश फर्कनेको संख्या लाखौं हुनेछ । विदेशको रोजगारीमा रहँदा उनीहरुले त्यहाँ सिकेको कृषिसम्बन्धी ज्ञान, सीप र क्षमतालाई नेपालले सदुपयोग गर्न सक्नुपर्छ । आधुनिक कृषिलाई प्रोत्साहन गर्दा अर्गानिक उत्पादनमा जोड दिनुपर्छ । देशका विभिन्न भागमा उत्पादन हुने कृषि उपजको आन्तरिक खपत बढाउनुका साथै विदेशमा ठूला बजारमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्छ।

४. पर्यटन प्रवद्र्धनमा प्राथमिकता

सर्वोच्च शिखर सरगमाथा र अन्य विशाल  हिम शृंखलाको आरोहण, जलविहारका लागि उपयुक्त नदीहरु, धार्मिक एवं पुरातात्विक महत्त्वको अवलोकनका लागि नेपाल आदर्श गन्तव्य हो भन्ने दुनियाँलाई बुझाउन सक्नुपर्छ । आन्तरिक र विदेशी पर्यटकको आवागमनले खानपान, वास तथा विश्रामको व्यवस्था, घुमफिर र अवलोकनका लागि सहयोगी, राम्रा रेस्टुराँ तथा भोजन गृहहरु, ठूला तारे र साना होटलको व्यवसायबाट सिंगो पर्यटन व्यवसाय फस्टाउनेछ । विदेशी मुद्रा आर्जनको मुख्य स्रोत नै हो हाम्रो पर्यटन क्षेत्र । साथै रोजगारी सृजना भएर देशमा रोजगारीको वृद्धिसँगै व्यक्तिको क्रयशक्ति बढ्नेछ । 

५. साना घरेलु उद्योग र हस्तकला 

पर्यटकको बाक्लो आवागमन हुने थालेमा साना घरेलु उद्योगका उत्पादन र हस्तकलाका सामाग्री संसारभर निर्यात पठाउन सकिन्छ । नेपालका घरेलु चलनचल्तीेका कतिपय सामान  घर सजावटका उत्तम सामग्री मानिन्छन् । यस्ता वस्तुको निर्माण र निर्यात पनि विदेशी मुद्रा आर्जनको मुख्य स्रोत हुनसक्छ । 

६. जडीबुटी र हिम सम्पदाको सदुपयोग

नेपालको पर्वतीय र हिमाली क्षेत्रमा पाइने जडीबुटी र हिम सम्पदाको सदुपयोग यस क्रममा अपनाउन सकिने अर्को उपाय हो । हाम्रा जडीबुटी विभिन्न रोगको उपचारमा उपयोगी औषधि मानिन्छन् । चौँरीगाईको दुधबाट बनेको छुर्पी नेपाल र विश्व बजारमा प्रख्यात छ । यसको आधुनिक व्यावसायीकरणका लागि लगानीका साथै चरनहरुको व्यवस्थापन, स्वच्छ गोठहरुको निर्माण र प्रशोधनका निम्ति अत्याधुनिक मेसिनहरु उपलब्ध हुन जरुरी छ । हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको माग अत्यन्त धेरै छ ।  गम्भीर रोगसमेत यसको नियमित सेवनबाट रोग प्रतिरोधी क्षमता बढेर निको हुने विश्वास गरिन्छ । यस्ता अमूल्य वस्तुको प्रयोग र निर्यातले नेपालको अर्थतन्त्र बलियो बनाउन सहयाग पुग्नेछ । 

(महासमिति सदस्य, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ ) 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement