site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश १ मा कोरोना नियन्त्रणको खर्च छानबिन गर्न लेखा समिति सक्रिय

विराटनगर । प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा राज्यकोषबाट गरेको खर्चबारे सार्वजनिक लेखा समितिले छानबिन गर्ने भएको छ । 

प्रदेशसभाको सार्वजनिक लेखा समितिले यसको प्रक्रियाअघि बढाउन आइतबार कांग्रेस सांसद लोकप्रसाद संग्रौलाको संयोजकत्वमा पाँच सदस्यीय उपसमिति गठन गरेको हो । समितिको सदस्यमा नेकपाका सांसद कुलप्रसाद साम्बा, बसन्त बानियाँ र अम्बिका थापा छन् । समितिमा कांगे्रसकी सन्जाकुमारी दनुवार पनि सदस्य छन् । 

लेखा समितिले व्यापक रुपमा छानबिन गर्न उपसमिति गठन गरेको बताउँदै समितिका सभापति शिवनारायण सिंह गन्गाईंले भने,“कोरोनाको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको खर्चको विषयमा संसद बैठकमै कुरा उठेपछि छानबिन गर्न अनिवार्य ठानेर उपसमिति बनाएका हौं ।” उपसमितिले भोलिबाटै छानबिन र अध्ययन थाल्ने गन्गाईले जानकारी दिएका छन् ।

प्रदेश १ सरकारले कोशी कोभिड अस्पताल निर्माणदेखि गोठगाउँमा आइसोलेसन सञ्‍चालन, धरानको वीपी प्रतिष्ठानमा कोभिड अस्पताल, कोरानो परीक्षण ल्याब , क्वारेन्टिन स्थल र होल्डिङ एरिया निर्माण गरेर सञ्‍चालन गर्दै आएको छ । सरकारले कोरोनाबाट प्रभावित भएका जनसाधारणलाई राहत वितरण गर्न स्थानीय तहमार्फत समेत सहयोग उपलब्ध गराइएको जनाएको छ । यसैगरी जिल्ला समन्वय समिति र सुरक्षा निकायलाई समेत रकम उलपब्ध गराएको छ ।

प्रदेश सरकारले दुई दिनअघि मात्र कोरोना रोग नियन्त्रण, उपचार र जनचेतनामा भएको खर्च पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । सरकारले हालसम्म कोरोना कोष र सामाजिक विकास मन्त्रालय तथा संघीघ सरकारबाट प्राप्त भएको सहयोग समेत कूल रु. २५ करोड खर्च भएको प्रमुख सचिव दिनेश भट्टराइले जानकारी दिएका छन् । 

संसदमा प्रमुख विपक्षी कांग्रेसले भने शीर्षगत रुपमा सबै खर्च सार्वजनिक हुनुपर्ने माग गर्दै आएको छ । सदनमा प्रश्न उठेपछि केही दिनअघि प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोना खर्चबारे जवाफ दिएका थिए । 

सार्वजनिक लेखा समितिमा सभापति गन्गाई भन्छन्,“मिहीन र सुक्ष्म ढंगबाट नै खर्चबारे अध्ययन गर्न लागेका हौं । खर्च विवरण छानबिन गरी निश्कर्ष आएपछि सार्वजनिक गर्नेछौं ।” उनले सत्तासीन र विपक्षी दलका सांसदले समेत सरकारले दिएको खर्चबारे चित्त बुझाएको अवस्था नरहेकोले समिति नै अग्रसर भई छानबिन थाल्न लागेको सुनाए । 

यसैबीच, प्रदेश १ मा आइतबार प्रदेश १ मा ५ संक्रमित थपिएका छन् । मोरङमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार मोरङको बेलबारी र मिक्लाजुङमा एक एक जना पुरुष, झापाको दमकमा एकजना महिला, एक पुरुष र पाँचथरको फिदिममा एक पुरुषमा संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ सय ७० पुगेको छ ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार २१, २०७७  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro