site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विह्वल सोती र ‘लाल आतंक’

माओवादी हिंसाकालमा अन्तरजातीय विवाहलाई परिवर्तनको एउटा आयाम हो भन्दै लडाकुहरूको अन्तरजातीय विवाह गराइदिने कमान्डरहरुले आफ्ना हकमा पञ्चायती सरकारमा जनप्रतिनिधित्वजस्तै टालटुलमै टुंग्याए । संभवतः ठूला नेतामध्ये धेरैले अन्तरजातीय विवाह गरेनन् । 

छुवाछुत र भेदभावको समूल नष्ट गर्नुपर्छ भन्दै दलितहरुलाई बाहुनको घरमा र मन्दिर भत्र पस्न उक्साउने अनि बाहुनको घरभित्र पसेर ठेकी /मदानी र भान्सा छुन लगाउने बाहुन कमान्डरहरुले आफ्नै घरबाट कहिल्यै सुरु गरेनन् । सस्कृत भाषाका पुस्तक जलाउने र आधुनिक शिक्षालाई बुर्जुवा भन्नेहरुले आफ्नासन्तानहरुलाई युरोप, अमेरिका पढाए र पढाउँदै छन । रातो अबिर लगाएर, मैनबत्ती बालेर कतिथ ‘जनवादी’ विवाह गर्न प्रेरित गर्नेहरुले आपनो घरघरानामा भने राजसी तामझामसाथ विवाह सम्पन्न गरे । त्यो पनि सहरका महँगा होटेलहरूमा ।

यो सबै पाखण्डको पराकाष्ठा सोती नरसंहार बन्नपुग्यो । सबैभन्दा बढी परिवर्तनका चर्का नारा जल्ले उराल्यो त्यही पार्टीबाट निर्वाचित वडा अध्यक्षहरुबाट । उत्पीडनमा परेका दलित समुदायको नाम भजाएर मच्चाइएको कथित ‘जनयुद्ध’ नामको हिंसाबाट रुपान्तरणको जालसाझी अनि परिवर्तनको नौटंकी नवराज र उनका साथीहरुको लाससँगै भेरी नदीमा बग्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

नवराजलगायतको हत्यापछि कथित युद्ध पाखण्ड सिद्ध भएको छ । नवराज  बिकको हत्या त प्रतिनिधि घटनामात्रै हो । यस्ता कैयौं अमानवीय दारुण घटना भएका छन् मेरो रुकुममा । चौरजहारी नगरपालिकाकै ३ नंं. वडाका वडा अध्यक्ष लालबहादुर बुढाथोकीले आफ्नै कार्यकक्षमा बोलाई सोही वडामा बस्ने गणेश बिकलाई जातीय गाली गर्दै थप्पड हानेको घटना पनि दलितमाथि अपमान नै हो । गतवर्ष  आठबीसकोट नगरपालिकामा नगर प्रहरीहरुले चोरीको आरोपमा (१३) वर्षीय बालकृष्ण परियार नामका एक बालकलाई लखेटीलखेटी भेरीमा खसालेर मारे । 

नवराज हत्याकाण्ड सेलाउन नपाउँदै रुकुममा भएको अर्काे चौकी काण्डले समाजलाई थप आतंकित बनाएको छ भने राज्यलाईनै चुनौती दिएको छ । मुसिकोट नगरपालिका १४ का वडा अध्यक्ष दिपक केसी पूर्वमाओवादीबाट निर्वाचित वडा अध्यक्ष हुन् । केसीले आफ्नो नगरपालिकामा  कार्यरत प्रमुख प्रशासकीय अधिकृत वासु कोइरालालाई पटकपटक दुव्र्यवहार गरी रुकुम छोड्न बाध्य बनाए भने  आफ्नै वडामा रहेको प्रहरी चौकीमा दलबलसहित छिरी चौकी नै कब्जामा लिए । 

Global Ime bank

अर्थात्, अहिले पनि रुकुममा ‘लाल आतंक’ जीवितै छ । यसमा दुबिधा मान्न पर्दैन । पुरानो सबै कुराको ध्वंस र नयाँको निर्माण भनेर सबैभन्दा बढी उफ्रिने पार्टीबाट निर्वार्चित जनप्रतिनिधिको यो हर्कतले ‘लाल आतंक’ कायमै रहेको देखाउँदैन र ?

पुरानै आतंकको झझल्को दिने यस्ता घटनाबाट रुकुमेली जनता चिन्तित, आतंकित र असुरक्षित छन् । यी र यस्तै सयौं घटना इतिहासको गर्भमा पुरिएका छन् । तैपनि सोती घटना इतिहासकै पाखण्डपूर्ण दानवीय घटना बन्यो । यस घटनाको जति निन्दा जति गरे पनि कमै हुन्छ । 

सोती नरसंहारले आधुनिक मानव सभ्यता सामु नै कैयौं प्रश्न उठाएको छ भने तत्कालीन माओवादी हालको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कथित ‘जनयुद्ध’लाई यक्ष प्रश्न गरेको छ । सर्वप्रथम यो प्रश्न कथित युद्धका नाइकेहरुले बुझ्नु जरुरी छ । 

मुलुक शान्ति प्रक्रियामा आएको डेढ दशक भइसक्ता पनि उही रबैया दुखाउने हो भने प्रश्न उठ्छ — नानीदेखिको बानी छोड्ने कि नछोड्ने ? जुन वर्ग र समुदायको गीत गाएर सत्तामा पुगेको हो तिनकै अपमान अझै कति गर्ने ? हत्या हिंसा र आतंकजस्तो दानवीय कार्यमा कतिन्जेल अग्रसर हुने ? 

त्यहाँका जनप्रतिनिधि मुखमा भोटे ताल्चा लाएर बस्ने होइन । देशको सम्मानित ठाउँमा गएर दिउँसै रात पार्ने पनि होइन । जनतालाई जबाफ दिनुपर्छ कम्रेड अब । 

भुलभुलैयामा राखेका भोका, नाङ्गा जनता जागे भने जाने ठावै नपाइएला ? 

अनुहारमा लागेको दाग ऐना पुछेर जाँदैन । रुकुम रोल्पामा दाग त  अनुहारमा पहिल्यै थियो तर ऐना पुछिरह्यौ । भित्रभित्रै सल्किरहेको ‘लाल आतंक’को ज्यादती खोतल्ने फुर्सद कसैलाई भएन ? भर्खरै जिल्ला छिरेका प्रशासकहरूले कालोलाई सेतो नबनाए सुदुर पूर्व वा सुदूर पश्चिमका कुनै कुनामा थन्काइदिन्छु भनेर जिल्ला जाने आकाशवाणीका बारेमा सिंहदरवार र बालुवाटार तथास्तुजस्तै छ ।  ‘उज्यालो नेपाल’का अभियन्ताले सदनमा दिउँसै रात पार्न खोजे । सदनको त्यो घटना पनि रुकमेली जनता र समग्र दलित आन्दोलनविरुद्धमा छ । 

। राजधानी सहरलाई रुकुम रोल्पा चिन्न अझै धेरै समय लाग्ने देखिन्छ  । सर्वहारालाई बैसाखी बनाएर सहर छिरेका हिंसात्मक द्वन्द्वलाई ‘जनयुद्ध’ भने कथित नवपरिवर्तनकारीको आवरण र आचरणबाटै त सहरले रुकुम बुझ्दो हो । 

गणतन्त्र आएसँगै २०६३ साल जेठ २१ गते नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्त देश घोषणा गरियो । यो भएको १४ वर्ष पूरा हुँदा पनि रुकुममा कुनै प्रभाव परेको रहेनछ !  

हिजो भेरीमा निहत्थाहरुको रगत र वियोगको आँसु बग्थ्यो । आज समय फेरिएको छ । मुलुक अक्रान्तबाट शान्त भएको छ । तर भेरीहरुमा भने अझै पनि जातपातका नाममा रगतले लतपतिएका लास बग्छन् । यसलाई अग्रगमन होइन पश्चगमन भन्नुपर्छ । यसबाट ‘लालआतंक’ प्रतिविम्बित भइरहेको छ । नवराजसहित ६ जनालाई मारेर बगाइएको प्रहरी निष्कर्षमा न्यायको उज्यालो छ । तर अझै डर छ न्याय पनि भेरीमा बगाइने पो हो कि? राज्य राज्य बनोस् ! 

(वाफीकोट गाउँपालिका, रुकुम पश्चिम )

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ८, २०७७  ०७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय