site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धर्म, विज्ञान र कोरोना महामारी 

इतिहास पल्टाएर हेर्ने हो भने मानवलाई नै संसारको सबैभन्दा विवेकशील र विशिष्ट प्राणी मानिन्छ । मानव आज चन्द्रमादेखि पृथ्वीको भित्री भागसम्म पुग्न सक्षम छ । यो सफलता सबै मानवले आफ्नै अनगन्ती प्रयासबाटै हासिल गरेको हो । तर केवल सफल हुनु मात्र जीवनको लक्ष्य हो त ? सफल भए पनि आज हामी जुन दौडमा छौं यसमा जित कसको हुन्छ भनेर चिन्न कठिन छ किनभने समयले हामीलाई कतै न कतै असफल बनाएर छोडेको जस्तो आभास गराएको छ । यही असफलताको रुपमा हामीले अहिलेको कोरोना महामारीलाई लिन सक्छौं ।

अहिले संसारमा महामारीका रुपमा फैलिरहेको भाइरस जसलाई हामी कोरोना अर्थात् कोबिड-१९ नामले चिन्छौं र त्यसको संक्रमणको जुन समस्यासँग जुधिरहेको छौं, सायद त्यसको जवाफ विज्ञानले दिन सकिरहेको छैन । कोरोना संक्रमणले संसारलाई आक्रान्त तुल्याइरहेको छ । हुन त धर्म र विज्ञान धेरै कुरामा विपरीत मानिन्छ ।

सरसर्ती हेर्दा विज्ञानका कुराको प्रमाण सजिलैसँग पाउन सकिन्छ तर धर्मको कुनै प्रमाण छैन भनिन्छ । यस्तो लाग्नु स्वभाविक पनि हो । तर सबै आविष्कार यही प्रकृतिका वरदान हुन् । मानिसले आविष्कार गरेको हवाइजहाजजस्तो साधन चलाउन यही प्रकृतिको ऊर्जा चाहिन्छ । मानिसले विज्ञानको प्रयासमा एउटा सानो जीव पनि बनाउन सक्दैन । त्यस्तै अहिलेको कोरोना महामारी विज्ञानले रोक्न सकिरहेको छैन । के विज्ञान पूर्ण छ त ? भन्ने प्रश्न अनुत्तरित छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरस जति सूक्ष्म छ तर उतिनै खतरनाक पनि । चीनको बुहानबाट जन्मेको उक्त भाइरस, युरोपको इटाली हुँदै अमेरिकासहित विश्वको २१० देशमा फैलिन सफल छ । यसको गतिविधि देखेर सारा विश्व नै आश्चर्यचकित छ । मानिस मानिसकै नजिक जान नसक्ने मानौं एउटा मानव बमजस्तो खतरनाक वस्तु हाम्रो माझ छ ।

जसरी युरेनियमको सानो कणलाई आणविक विखन्डनद्वारा भौतिकशास्त्र र रसायनशास्त्रको फ्युजनबाट एटम बमजस्तो खतरनाक हतियार बनाउन सम्भव भयो, त्यही कुरा एउटा धूलोको कणभन्दा सानो जीवले सित्तैमा गरेर देखाइदियो । त्यसमा पनि सबैखालका मानिसको आ-आफ्नै प्रकारको विश्लेषण छ । धार्मिक हिसाबले हेर्दा पृथ्वीमाथिको दोहनले आफूलाई पहिलैको रुपमा फर्काउन पृथ्वीले गरेको एउटा लडाइँका रुपमा यसलाई लिन सकिन्छ । शास्त्रीय हिसाबले कलियुगको आयु ४,३२००० वर्षमध्ये हामीलेकेवल ५००० मात्र वर्ष बिताएको छौं । त्यसैले आशा गरौं हामी केही समय संघर्ष गरेर कोरोनालाई पराजित गर्दै अघि बढ्न सफल हुनेछौं । 

Global Ime bank

हुन त यदि विज्ञानका महान् आविष्कारकहरु नहुने भए हामी आज जहाँ छौं त्यो सम्भव थिएन होला । अल्बर्ट आइनस्टाइनजस्ता महान् वैज्ञानिकले e=mc2 जस्तो सिद्धान्त दिएर विश्वलाई नयाँ आयाम दिए । निकोलस टेस्लाले अल्टर्नेटिङ करेन्ट नबनाएको भए सायद आज विश्वमा बिजुली नामको शब्द सम्भव हुँदैनथ्यो होला । न्यूटनको गुरुत्वाकर्षण शक्तिले संसारमा तहल्कै मच्चाइरहेको छ । लुइस पास्टरले दिएको माइक्रोबायोलजीको सिद्धान्तले आज विभिन्न रोगको खोप बनाउनुका साथै माइक्रोबियल फर्मेंटेसनर पास्चराइजेसनले एउटा सफलता प्राप्त गर्‍यो जसले रोगको निवारण अनि मानवको ज्यान बचाउने मुख्य सूत्र पत्ता लगायो । 

यसैगरी विज्ञानका विभिन्न स्रष्टाको यस क्षेत्रमा आफ्नै योगदान छ । तर वैज्ञानिकहरुले जे गरे पनि पृथ्वीमा रहेका वस्तुको खोजी गरेर, त्यसलाई फिल्टर गरेर सैद्धान्तिक रुपमा प्रस्तुत गरिएको हो । यसमा कुनै बाहिरी वस्तु नभएर पृथ्वीमै भएको गतिविधि नियालेर हेरेको अनुभव हो । तसर्थ जे जति वस्तुहरुको हामी कुरा गर्छौं सबै प्रकृतिमा पहिल्यैदेखि उपस्थित भएको वस्तुहरुको परिचलान मात्र हो । त्यसैले प्रकृति हामीभन्दा धेरै अगाडि छौं । यसलाई न कसैले जित्न सक्छ न समेट्न नै । यसको हाँगाले सारा संसारलाई ढाकेको छ । त्यस कारण मानिसले कहिल्यै पनि प्रकृतिलाई जित्न सक्दैन भन्ने कुरा वर्तमानमा हामीले भोगिरहेको महामारीबाट सिक्न सकिन्छ । 

विज्ञानले मानवीय जीवनलाई सरल, सहज र भौतिक रुपमा उन्नत बनाउन पुर्‍याएको सहयोग असीमित छ । तर त्यति हुँदा-हुँदै पनि प्रकृतिमाथिको नियन्त्रण कायम गर्ने कुरामा वैज्ञानिकहरुले शतप्रतिशत सफलता हासिल गर्न नसकेको देखिन्छ । धार्मिक पक्षबाट हेर्दा मानिसले प्रकृतिमाथि गरेको अत्याचारको परिणाम हो । त्यसलाई पार पाउने उपायका रुपमा मानवीय महत्त्वकांक्षा र नकारात्मक सोचमा परिवर्तन गर्दै सबै चराचर जगतलाई आफूसरह हेर्ने दृष्टिकोणको विकास गर्नुपर्छ भन्ने देखिन्छ । 

यसको ज्वलन्त उदाहरण अहिलेको कोरोना महामारी नै छ । मानिसले अरु त छाडौं सर्प, चमेराजस्ता जंगली जनावरलाई समेत खान बाँकी राखेका छैनन् । यसले गर्दा जैविक विविधतामा ठूलो असर परिरहेको छ । प्रकृतिद्वारा जीवमाथिको अति दोहनले आज हामी यो अवस्थामा पुग्दै छौं । प्रत्येक प्राणीको यस पृथ्वीमा आ-आफ्नै अस्तित्व छ र सबैको सन्तुलन क्रियाकलापबाटै यो संसार चलेको छ जसलाई इकोसिस्टम भनिन्छ ।

यो इकोसिस्टममा एउटा पनि तत्त्वलाई बाहिर निकाल्न खोज्यो भने परिणाम निकै भयावह हुन् सक्छ । यसको उदाहरणका रुपमा हामीले अहिलेको कोरोना संक्रमणको घटनाक्रमबाट पनि पाइसकेका छौं । यदि समयमै प्राणी जातिको बाँच्न पाउने अधिकार निश्चित नगर्ने हो भने यसले सन्तुलित इकोसिस्टमको परिकल्पना समेत गर्न सकिँदैन । कत्तिपय कुरा सुरुवात गरेपछि यसको अन्त्य पाउन कठिन रहेछ भन्ने कुराको हामी अनुभव गर्न सक्छौं ।

(मनमोहन मेमोरियल पोलिटेक्निक, हात्तीमुडामा अध्यापनरत)

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १२:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement