site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकाली अस्पतालको स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात अख्तियारको नियन्त्रणमा 
SkywellSkywell

काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगले कञ्चनपुरको महाकाली अस्पतालको स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ । 

अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सञ्चालनका लागि खरिद गरेका स्वास्थ्य उपकरणहरूबारे जनगुनासो बढेपछि अख्तियारले स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको हो । अख्तियारको कार्यालय कञ्चनपुर स्रोतले अस्पतालबाट स्वास्थ्य उपकरण खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिएको पुष्टि गरेको छ । 

KFC Island Ad
NIC Asia

अख्तियारको कार्यालय कञ्चनपुरका प्रमुख बाबुराम खतिवडाले पनि कागजात नियन्त्रणमा लिएको स्वीकार गरेका छन् । 

“हामीले प्रोसेसको बारेमा धेरै भन्न मिल्दैन । उजुरी प्राप्त भएको छ । अनुसन्धान भइराखेको छ,” उनले बाह्रखरीसँग टेलिफोनमा भने । अस्पतालले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबट प्राप्त एक करोडबाट आईसीयू सञ्चालनका लागि भेन्टिलेटरसहितका पाँच उपकरण खरिद प्रक्रिया अघि बढाएको थियो ।

Royal Enfield Island Ad

सोही बजेटबाट अस्पतालले भेन्टिलेटरसहितका उपकरण खरिदका लागि सातदिने सूचना जारी गरेको थियो । आरजी सप्लायर्स प्रा.लि. काठमाडौंले उपकरण खरिदको जिम्मेवारी पाएको थियो ।  उक्त सप्लायर्सले अस्पताललाई विभिन्न पाँच स्वास्थ्य उपकरणमध्ये भेन्टिलेटर यसअघि नै प्रयोगमा ल्याइएको पाइएको अस्पताल स्रोतले दाबी गरिरहेको छ । 

अस्पतालको चिकित्सक स्रोतले सप्लायर्सले उपलब्ध गराएको भेन्टिलेटर सन् २०१७ देखिनै ‘क्यालिब्रेट’ भएर २०२० सम्म पटक–पटक सञ्चालनमा आएको देखिएको दाबी गरेको छ । स्वास्थ्य उपकरण उपलब्ध गराउने ठेक्का पाएको सप्लायर्सले अस्पताललाई प्रयोगमा आइसकेको भेन्टिलेटर बिक्री गरेको समाचार बाहिरिएपछि प्रदेश सरकारले प्राविधिक टोली पठाएर ती उपकरणको निरीक्षण गरिसकेको छ । 

सामाजिक विकास मन्त्रालयको प्राविधिक टोलीले भेन्टिलेटर २०१५ डिसेम्बरमा बनेको, ट्रलीबाट ह्विलसम्म खिया लागेको, अक्सिजन पाइपमा खिया लागेको, देब्रेपट्टिको भागमा ७÷८ सेन्टिमिटर कालो दाग देखिएको, एक घण्टा ब्याकअप दिने ब्याट्री नभएको, डिस्प्ले र नोव फोहर अवस्थामा रहेको, सफ्टवेयरअनुरूप दुई घण्टा चलेको, क्यालिब्रेसन नगरेको र स्पेसिफिकेसनअनुरूप भेन्टिलेटरका अन्य एसेसिरिज नभएको पाइएको जनाएको छ । 
 

मेसिनका केही भाग छैनन्, बाँकीमा खिया लागेको छ

महाकाली अस्पताललाई प्रयोगमा आएको भेन्टिलेटर बिक्री !

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro