site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस नेताहरुले एकै मञ्‍चबाट भने- सरकारविरुद्ध आन्दोलन गर्नुपर्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने बताएका छन् । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बसुन्धारामा आयोजना गरेको महेन्द्रनारायण निधिको ९८ औं जन्मजयन्ति समारोहमा बोल्दै कांग्रेस नेताहरुले सरकारको कार्यशैली र भ्रष्ट प्रवृतिविरुद्ध शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन गर्नुपर्ने बताएका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रका लागि अन्तिम लडाइँ लड्नुपर्ने बेला भएको बताए । "कुनै पनि हिंसाबाटमुक्त समाज निर्माण र प्रजातन्त्रका लागि कुनै पनि किसिमको सम्झौता नगरिने सभापति देउवाले बताए । उनले भने, "पिसफुल वातावरण नभएपछि आन्दोलन लड्नै पर्छ । कांग्रेसले लड्ने आन्दोलन शान्तिपूर्ण र अहिंसात्मक हुनेछ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

सभापति देउवाले आफूले तत्लकालीन माओवादीलाई आफूसँग ल्याए पनि साथीहरुले भगाइदिएको गुनासो पनि गरेका छन् । उनले भने, "माओवादी र एमाले मिल्दा चुनाव हार्यौं । मैले माओवादीलाई आफूसँग ल्याएकै हुँ तर, साथीहरुले भगाइदिए । सत्य कुरो त्यो हो । बुझे पनि कुरो नबुझेको गर्ने ?" 

सभापति देउवाले पार्टीमा धेरै समस्या आएको पनि बताए । उनले भने, "पार्टीको झगडा पहिलेबाटै आएको हो । झगडाका बारेमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालालाई थाहा होला । वीपी र गणेशमानलाई पनि पार्टीबाट निस्कासन गरेकै थियो । गणेशमानले पार्टीमा छैन भनेको हो भने भट्टराईले पार्टी छाडेकै हो ।" 

Global Ime bank

नेकपाको कम्युनिस्ट स्टेट बनाउने उद्देश्यविरुद्ध लड्‍नुपर्छ : निधि

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी कम्युनिस्ट स्टेट बनाउन उन्मुख भएको बताएका छन् । 

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बसुन्धारामा आयोजना गरेको महेनद्रनारायण निधिको ९८ औं जन्मजयन्ति समारोहको बोल्दै उपसभापति निधिले नेकपाको कम्युनिस्ट स्टेट बनाउने लक्ष‍यविरुद्ध लड्नुपर्ने बताए ।

उनले भने, "लड्नका लागि कम्युनिस्टले दुई लट्ठी हाने हामी चार लठ्ठी हान्छौं भन्‍ने होइन, हामीले लडाई अहिंसाका माध्यमबाट गर्नुपर्छ । जनवादी केन्द्रियतालाई आफ्नो मार्ग निर्देशक सिद्धान्त मान्‍ने कम्युनिस्ट सत्तामा छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई चुनौती दिइरहेको छ । सरकारले गरिरहेको भ्रष्टाचार, एकपछि अर्को गरी ल्याइरहेको विवादस्पद विधेयक, विवादस्पद निर्णयहरु सबै हेर्दा सरकार अधिनायवादतर्फ उनमुख छ ।"

१४ औं महाधिवेशनलाई वैचारिक आधारमा एकताका साथ सम्पन्न गर्नुपर्ने उपसभापति निधिको तर्क छ । सम्भावित अधिनायकवाद ल्याउने खतराविरुद्ध सशक्त आन्दोलन गर्न महाधिवेशन समयमै गर्नुपर्ने उनले बताए ।

कांग्रेसले स्वमूल्यांकन गर्नुपर्छ : नेता सिंह 

नेपाली कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले कम्यनिस्टको दबदबामा आमजनता  आजित भएको समयमा कांग्रेसले जनताको अपेक्षा अनुसार काम गर्न सक्यो कि सकेन भन्ने स्वमूल्यांकन गर्नुपर्ने बेला भएको बताएका छन् । 

उनले भने, "कांग्रेसले जनताको अपेक्षा अनुसारको काम गर्‍यो कि गरेन भनेर मनन गर्नुपर्ने समय आएको छ । जनअपेक्षा अनुसार काम गर्न नसके कांग्रेस प्रजापरिषद बन्छ कि भन्ने चिन्ता लागिरहन्छ ।" 

संविधानका मूल मर्म र भवना विपरितका विधेयकको इन्डिकेसनले सरकारले जनवादी केन्द्रीयता लाद्‍न खोजेको नेता सिंहले बताए । उनले भने, "मुलुक चुनौतीपूर्ण अवस्थामा गुज्रिरहेका बेला कांग्रेसले महेन्द्रनरायण निधिले अंगिकार गरेको अहिंसाको आन्दोलन सुरुवात गर्नुपर्ने समय आएको छ । उनले चाहे अनुसार अहिलेको परिस्थितिमा पार्टीलाई अघि बढाए महेन्द्रनारायण निधिप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।"

संघर्षको मैदानमा कांग्रेसले सरकारविरुद्ध अहिंसा र शान्तिपूर्ण आन्दोलन आवश्यक : नेता सिटौला 

कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले आफैंभित्रका अनेक मतलाई जीवन्त राखेर नेपाली कांग्रेसले स्वस्थ प्रतिष्पर्धाका माध्यमबाट महाधिवेशनलाई सफल बनाउनुपर्ने बताए । उनले भने, "संघर्षको मैदानमा कांग्रेसले सरकारविरुद्ध अहिंशा र शान्तिपूर्ण आन्दोलन गर्नुपर्छ । लाखौं जनतालाई शानित्का माध्यमबाट सडकमा ओराल्नुपर्ने समय आइसकेको छ । 
सरकार शान्ति र अहिंसाका माध्यमबाट कांग्रेसको नेतृत्वमा आएका परिवर्तनलाई मास्न खोजिरहेका छ ।"

सरकारले शान्ति र अहिंसाका माध्यमबाट आएको संविधानलाई राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्र निर्माणका लागि बल पुर्‍याउन नभएर नितान्त कम्युनिस्ट पार्टीको स्वार्थका लागि प्रयोग गरिरहेको उनले बताए । यसका विरुद्ध कांग्रेसले अब शान्तिपुर्ण र अहिंसात्मक आन्दोलन गर्न जरुरी भइसकेको उनले बताए । 

त्यसैगरी अर्का नेता प्रदीप गिरीले अहिंसाका आधारमा २१ औं शताब्दीमा दुनियाँभरका परिवर्तन हुनुपर्ने बताएका छन् । उनले भने, "अहिंसात्मक सत्याग्रहबाट पाँच लाख जनता सडकमा ल्याएर कांग्रेसले अधिनायवाद उन्मुख सरकारलाई निकाल्न सक्छु भन्नु निधिप्रति सच्चा श्रद्धाञ्जली हुन्छ । अहिले देशमा भ्रष्टाचार, दूराचार, कानुनविपरित छ ।"

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC