काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि प्रश्न गरेका छन् ।
अख्तियारले ललिता निवास प्रकरणमा संलग्न भएको भन्दै कांग्रेस उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेस आक्रोशित बनेको छ ।
यही सिलसिलामा कांग्रेस प्रवक्ता शर्माले मुद्दा कसैलाई चलाउनै नहुने अभिप्राय आफ्नो नभएको बताएका छन् । उनले सरकार र अख्तियारलाई अनुत्तरित दुई प्रश्न गरेका छन् । उनले ट्विटमार्फत सोधेका छन्, "१. नितिगत निर्णय´ हो,अत: प्रमलाई गांस्न मिल्दैन भने मन्त्रीलाई मिल्छ कसरी ? नितिगत होइन भने प्रमलाई उन्मुक्ति किन ? २. अपहरणकारीले दस बर्षपछि बच्चा फिर्ता गरे माला कि मुद्दा ?"
ट्विटमा थप लेखेका छन्, "गम्भीर प्रश्नप्रति गम्भीर प्रतिक्रिया हुन्छ नै !"