site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
आत्म रक्षाका लागि मेक्सिकोमा ससाना बालबालिकालाई हतियार  !

एजेन्सी । मेक्सिकोको ग्रामीण पहाडी क्षेत्र, गुएरेरो प्रदेशमा युनिभफर्म लगाएका कलिला बालबालिकाहरु बास्केटबल कोर्टमा खेल्नुको सट्टा हतियार बोकेर ट्रेनिङ लिइरहेका छन् । राइफल बोकेर आफ्ना प्रशिक्षकको सबै निर्देशन पालना गरिरहेका ती बालबालिकाको मुख रुमालले छोपिएको छ । 

यसरी अपराधिक समुहबाट आफ्नो समुदायलाई जोगाउनकै लागि ६ देखि १२ वर्षसम्मका ती बालबालिकाहरु हतियार सहित ट्रेनिङ लिइरहेका छन् । कानुनको कुनै मान्यता नभएको सो क्षेत्रमा बसोबास गर्नेहरुले त्यहाँ कोहीपनि सुरक्षित नभएको बताउँछन् । २०१९ मा गुएरेरो प्रदेशमा झन्डै २ हजार हत्या जानेबुझेरै गरिएको थियो ।

त्यसैले पनि अघिल्लो वर्षलाई मेक्सिकोका लागि सबैभन्दा भयानक समय मानिएको छ । राष्ट्रपति आन्द्रेस मनुएल लोपेज अब्रेडरले सामाजिक संकट सुल्झाउन लगातार संघर्ष गरिरहेका बेला गुएरेरो क्षेत्रका बासिन्दा भने आफूलाई सुरक्षित राख्ने कुनै उपाय नभएकाले नै बालबालिकालाई समेत हतियार चलाएर आत्मरक्षा गर्न सिकाउन बाध्य भएको बताएका छन् । 

२०१४ देखि नै सो शहरले आफ्नो छुट्टै स्थानीय पुलिस समुह स्थापित गराएको हो जसलाई ‘सीआरएसी–पीसी’ भनिन्छ । सो स्वयमसेवक समुहमा २०० जना सहभागी छन् भने आठ महिना अगाडिदेखि ससाना बालबालिकालाई पनि भर्ती गर्न सुरु गरिएको हो । सीआरएसी–पीसीका सदस्य जोस भन्छन्, “मलाई वास्तवमै यसरी हतियार बोक्न मन छैन तर अपराधीहरुले हामीलाई त्यसो गर्न बाध्य बनाएका छन् । हामलिे आफ्नो क्षेत्रका मानिसको रक्षा गर्नैपर्छ । ” जोस र उनकी पत्नीका १४ अनि १७ वर्षे दुई छोराहरु छन् जो आफैँ उक्त पुलिस समुहमा सहभागी हुन गएको बताउँछन् । 

उनका अनुसार सो समुदायमा शिक्षा र स्वास्थ्यको राम्रो सुविधा छैन किनकी शिक्षकहरु प्रायः उपस्थित हुँदैनन् भने बालबालिकालाई उच्च शिक्षाका लागि अन्य शहर पठाउनु धेरै खतरनाक हुने समुदायको भनाइ छ । चारैतिर घुमिरहेका अपराधिक समुहकै कारण अन्य शहरतर्फको यात्रा धेरै जोखिमयुक्त हुने गरेको बताइएको छ । 

यसरी उक्त समुहमा भर्ती हुने सबैभन्दा कम उमेरका बालक ६ वर्षीय छन् । जोसका अनुसार उनीहरु १५ वर्षको हुँदासम्म आफ्नो समुदायको राम्रो सुरक्षा गर्न सक्ने हुनेछन् । यसरी बास्केटबल खेल्न मन पराउने अर्का एक १२ वर्षीय युवक भन्छन्, “म पहिले स्कुल जान्थेँ तर अहिले टिचरहरु आउनै छाड्नुभयो । सायद उहाँहरु पनि डराएर नआउनुभएको होला । कसैलाई थाहा छैन उहाँहरु किन आउनुहुन्न । ” यसरी सानै उमेरदेखि बन्दुक बोकेर हिँड्नुपर्ने अवस्थाबारे प्रश्न गर्दा भने उनले कसैलाई गलतीले चोट पुर्याउन सक्नेप्रति आफूलाई धेरै चिन्ता रहेको बताएका हुन् । 

राष्ट्रपति लोपेजले यसअघि देशमा भ्रष्टाचार र हिंसा अन्त्य गर्ने वचन दिएका थिए र गोली होइन अंकमाल भन्ने अभियान पनि चर्चित बनाएका थिए । तर हालसम्म देशको अवस्थामा कुनै सुधार नआएको बताइएको छ ।  हिंसालाई हिंसाले र नराम्रोलाई नराम्रै तरिकाले सामना गर्ने नीति बदल्नेबारे उनले अझै कुरा उठाइरहेका छन् । तर गुएरेरो लगायतका क्षेत्रमा भने अस्थिरताले बालबालिकालाई शिक्षाबाट वञ्चित गराइ सानै उमेरमा हतियारको सहायता लिन बाध्य बनाएको छ । अर्का एक १५ वर्षीय युवकले सिएनएनसँगको कुराकानीमा आफूलाई स्कुलको, साथीहरुको र पुरानो जीवनको धेरै याद आउने गरेको दुःखी हुँदै बताएका हुन् । तर कुनैपनि मिनेट अपराधीहरु समुदायमा घुस्न सक्ने हुँदा तयार अवस्थामा रहेर समुदायको रक्षा गर्नुपर्ने उनले बताए । उनीहरुले बिना कुनै पारिश्रमिक स्वयमसेवकका रुपमा त्यसरी समुदायको रक्षा गर्ने गरेका छन् । 

यस्तोमा बालबालिकालाई उचित शिक्षा दिनमा पनि असमर्थ भइरहेकाप्रति त्यहाँका वासिन्दा आफेँसँग आक्रोशित रहेको जोस बताउँछन् । कुनेपनि अभिभावकले आफ्ना बच्चालाई बन्दुक बोकेको देख्न नचाहने उनले बताए । तर यस विषयमा सरकारको ध्यानाकर्षण गराउनका लागि भएपनि ससाना बालबालिकालाई हतियार ट्रेनिङ दिइरहेकाबारे प्रचार गर्नुपर्ने भएको मेक्सिकोको बाल अधिकार सम्बन्धी नेटवर्क, रेडिमले बताएको हो । रेडिमले केही समय अगाडि मात्र यो समाचार प्रकाशन गरेको थियो ।  सिएनएन 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, माघ २०, २०७६  ०८:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro