site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टुंगियो कांग्रेस विवाद, महाधिवेशन तोकिएकै मितिमा 

फाइल तस्बिर


काठमाडौं । नेपाली कांग्रेसको लामो समयदेखिको आन्तरिक विवाद समाधान भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको शीर्ष नेताको बैठकबाट कांग्रेसको आन्तरिक विवाद समाधान गर्ने सहमति जुटेको हो ।

शीर्ष तहमा भएको सहमतिलाई केन्द्रीय समितिबाट टुंग्‍याउन सोमबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ ।

शीर्ष नेताबीचको आजको बैठकबाट कांग्रेसको १४ औं महाधिवेशन पुस ११ गतेको कांग्रेस केन्द्रिय समिति बैठकले गरेको निर्णय अनुसार ०७७ फागुन ०७ देखि १० गतेसम्म हुने भएको बैठकमा सहभागी नेता रमेश लेखकले जानकारी दिए । महाधिवेशनको मिति बहुमतको आधारमा तोकिएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाउँदै बैठक नै बहिष्कार गरेको थियो । कांग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने सहमति भए पनि तल्ला तहका अधिवेशनको कार्यतालिका भने परिमार्जन हुने भएको छ । 

महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले शनिबार तल्ला तहको अधिवेशनका लागि कार्यतालिकाको मस्यौदा तय गर्नेसमेत सहमति भएको छ । 

त्यसैगरी सभापति देउवाले प्रस्ताव गर्दै बहुमतका आधारमा पारित भएको ४७ विभाग बढाउने निर्णय पनि यथावत रहने भएको छ । 

नेविसंघमा ढुंगाना, तरुण दलको म्याद थप

शीर्ष नेताहरुबीच आज भएको छलफलले कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा सभापतिले तोकेको व्यक्ति हुने सहमति भएको छ । सभापति देउवाले यसअघिकै बैठकमा राजीब ढुंगानाको नाम नेविसंघ अध्यक्षका लागि प्रस्ताव गरेका थिए। 

त्यसैगरी कार्यसमितिमा भने वरिष्ठ नेता पौडेल र कृष्ण सिटौला समूहबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति बनाउने सहमति भएको छ । 

नेपाल तरुण दलको यसअघिकै कार्यसमितिको म्याद थप गर्ने निर्णयमा सहमति भएको छ । तरुण दलको म्याद यसअघि नै छ महिना थप गर्ने निर्णय भएको थियो । 

बैठकबारे कन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई जानकारी गराइसकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro