site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेलको जिल्ला सभापति भेलालाई देउवाको 'लन्‍च पार्टी'

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको भेलामा सहभागी हुन काठमाडौं आइपुगेका जिल्ला सभापतिहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले लन्‍च पार्टी दिने भएका छन् ।

काभ्रेका जिल्ला सभापति मधु आचार्यका अनुसार सभापति देउवाले बिहीबार बिहान १० बजे बूढानिलकण्ठमा जिल्ला सभापतिहरुलाई 'लन्‍च पार्टी'का लागि बोलाएका हुन् । यसबारेको निर्णय केही  समयमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ । 

सोमबारबाट सुरु भएको जिल्ला सभापति भेला बुधबार सकिएको छ । काभ्रे सभापति आचार्यले भने, "तीन दिन चलेको बैठक सकिएको छ  । सभापतिज्यूहरुले आ-आफ्नो सुझाव लिखितरुपमा सभापतिज्यू र वरिष्ठ नेतालगायतलाई बुझाउने छन् । यसैबीच सभापति देउवाले भेटघाटका लागि आफ्नो निवास बूढानिलकण्ठमा बिहीबार १० बजे बोलाउनु भएको छ ।" 

भेलामा ४३ जिल्लामा सभापतिहरुको उपस्थिति थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro