site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पौडेल–सिटौला समूहका सात नेता केन्द्रीय समिति बैठकमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला पक्षका नेताहरू केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका छन् । 

केन्द्रीय कार्यसमिति बैठकको ‘समानान्तर’ मा समूहगत छलफल आयोजना गरेकै दिन बिहीबार पौडेल–सिटौलानिकट सात जना केन्द्रीय सदस्यहरू केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् ।

पौडेल–सिटौला समूहले महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा आयोजना गरेको छलफलमा सहभागी नभएर उनीहरू पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा उपस्थित थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

महाराजगञ्जको छलफल छाडेर केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, आनन्दप्रसाद ढुंगाना, चीनकाजी श्रेष्ठ, नरहरि आचार्य, गोविन्द भट्टराई सहभागी भएका हुन् । उनीहरू पाँचै जना वरिष्ठ नेता पौडेलनिकट मानिँदै आएका छन् । 

Global Ime bank

यस्तै बैठकमा केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी र शिवप्रसाद हुँमागाई पनि उपस्थित भएका छन् । चौधरीले १३ औं महाधिवेशनमा नेता सिटौलाको समूहबाट कोषाध्यक्ष पदमा उमेदवारी दिएका थिए । हुँमागाई सिटौला समूहकै कोटामा केन्द्रीय सदस्य पदमा मनोनित भएका हुन् । 

यसअघि मंसिर २६ गतेको बैठकमा सहभागी भएका पौडेलनिकट मानिने केन्द्रीय सदस्य महेश आचार्य भने बिहीबारको बैठकमा अनुपस्थित थिए । उनी पुस ११ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका थिए ।

यद्यपि, आचार्य बैठक बस्नुअघि नै सानेपाबाट बाहिरिएका थिए । पार्टी कार्यालयबाट बाहिरिने क्रममा उनले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा पौडेल–सिटौला समूहलाई लक्षित गर्दै पार्टी कार्यालय बाहिर बस्ने बैठक, भेलाले पार्टी हित नगर्ने प्रतिक्रिया दिएका थिए ।

“मलाई तपाईंहरूले गुटगत बैठकमा कतै पनि देख्नुहुन्न । म यहाँ केन्द्रीय कार्यसमितिको बैठकमा छु । पार्टीको केन्द्रीय कार्यालयभन्दा टाढा–टाढा बसेर निर्णय गर्दा पार्टीमा पटक–पटक दुर्घटना भएका छन् । यहीँ बसेर हामीले निर्णय गर्नुपर्छ । व्यापक रूपले छलफल गर्दा समस्याको समाधान हुन्छ,” उनको प्रतिक्रिया थियो । 

नेता आचार्यले सभापति शेरबहादुर देउवालाई पनि विधानमा रहेर निर्णय गर्दा विवेक गुमाउन नहुने सुझाव दिएका थिए । “हामी लोकतान्त्रिक विधि र विधानकै धेरै कुरा गर्दैछौं । तर, विधानमा भएको अधिकारको प्रयोग गर्दा विवेक भने गुमाउनु हुँदैन,” उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement