site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 २०१९ : एशियामा चर्किएको आन्दोलन र आक्रमण 

सन् २०२० सुरु हुनैलाग्दा सन् २०१९ मा विश्वभर र एसियमा के–के भए भन्ने विषयमा विभिन्न समीक्षाहरु भइरहेका छन् । सन् २०१९ मा एसियामा विश्वकै ध्यान तान्ने गतिविधिहरु भए । एसियाका दुई मुलुक भारत र पाकिस्तानबीचको विवाद यस वर्ष चुलियो । 

जसले भारत र पाकिस्तानबीच करिब युद्ध हुने स्थिति नै सिर्जना भयो । 

जम्मु र काश्मीरको विषयमा भारत र पाकिस्तानबीच भएका हमलामा सन् २०१९ को विभिन्न समयमा दुई दर्जनभन्दा बढी भारतीय तथा पाकिस्तानी सेना र सर्वसाधारणको मृत्यु भएको भारतीय र पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फिलिपिन्स र श्रीलंकाका चर्चमा आक्रमण भयो । वर्षको सुरुआतमा जनवरी २७ मा रोमन क्याथोलिक चर्चमा भएको आक्रमणमा २० जनाको मत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए । 

१५ मार्चमा न्युजिल्याण्डको एक मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा ५१ जनाको मृत्यु भएको थियो ।  

त्यसैगरी फिलिपिन्स हमलाको करीब तीन महिनापछि २१ अप्रिलमा इस्टर सन्डेको दिन श्रीलंकामा भएको आक्रमणमा ४५ विदेशी र तीनजना प्रहरी अधिकारीसहित २५० जनाभन्दा बढीको मृत्यु भएको थियो । 

अमेरिका र उत्तर कोरियाबीच यस वर्ष पनि कुनै उल्लेख्य सहमति हुन सकेन । चीन भने उत्तर कोरिया र अमेरिकाका पछिल्ला गतिविधिको मुकदर्शक बन्यो ।  वर्षको अन्तिम महिना डिसेम्बरमा उत्तर कोरियाले सहमति हुने लचिलो प्रस्ताव नल्याएमा अमेरिकालाई अशुभ क्रिसमस उपहार पठाउने चेतावनी दिएको थियो । 

तर, अमेरिकी राष्ट्रपतिले पनि त्यसको जवाफमा जस्तोसुकै उपहार दिए पनि सहजै स्वीकार गर्ने बताएका थिए । तर, क्रिसमसमा कुनै उपहार पठाएनन् । सुपुर्दगी विधेयकको विषयलाई लिएर सुरु भएको आन्दोलन हङकङमा अहिले स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै जारी छ । 

आन्दोलनकैबीच १८ जिल्लामा भएको हङकङको जिल्ला परिषद निर्वाचनमा सत्तारुढ दल पराजित हुन पुग्यो भने आन्दोलनको नेतृत्व गरिरहेका विपक्षी डेमोक्रेटिक पार्टी भारी बहुमतसहित १७ जिल्लामा विजयी भए ।  एसियन क्षेत्रमा स्वाइन फ्लुको प्रकोप बढ्यो भने पाकिस्तानमा पोलियो नियन्त्रण हुन सकेन । 

सामोआमा दादुराले महामारीको रुप लियो । भारतमा वायु प्रदुषणका कारण राजधानी नयाँ दिल्लीलगायतका क्षेत्रमा केही दिन विद्यालय तथा कलेजहरु नै बन्द भए । त्यसको आंशिक प्रभाव नेपालका तराईका जिल्लामा समेत प¥यो । 

वातावरणको विषयले समस्त एसियन क्षेत्रको ध्यान तान्यो । त्यसैगरी समुद्री सतह बढ्दा केही एसियन मुलुकहरुमा त्रास बढ्यो ।  ३१ मार्चमा नेपालका दक्षिणी जिल्ला बारा र पर्सामा आएको धुम्रपात नाम दिइएको आँधीमा परि २८ जनाले ज्यान गुमाए भने करिब १ हजार मानिसहरु घाइते भए । 

त्यसैगरी जुनमा कैलाली र कञ्चनपुरमा आएको आँधीमा परी दुईजनाको मृत्यु भएको थियो भने  दर्जनौं घाइते भएका थिए । त्यसैगरी नेपालमा चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणले पनि विश्वको ध्यान तान्यो । 

चिनियाँ राष्ट्रपतिले नेपाली मञ्च प्रयोग गरेर पश्चिमी मुलुकलाई तर्साएको भन्ने टिप्पणीहरु पनि भए । 

राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा भएको २० वटा सम्झौतामध्ये बुँदा नम्बर तीनले पनि नेपाली राजनीतिक वृतमा तरंग ल्यायो । जसमा कानुनी सहयोग आदान प्रदान सम्बन्धी विषय थियो । 

काश्मीर, असमलगायतका क्षेत्रमा भारतले आफ्नै नागरिकमाथि प्रतिबन्ध लगायो ।  मुस्लिम समुदायलाई विभेद गर्ने गरी नागरिकता संशोधन कानुन संघीय संसदबाट पारित गर्दा भारतमा अहिले पनि व्यापक विरोध प्रदर्शनहरु भइरहेका छन् । 

भारतको संघीय संसदले काश्मीरलाई दिइएको विशेषाधिकार रहेको संविधानको धारा ३७० खारेज गर्‍यो । 

उक्त धाराको खारेजीका कारण काश्मीरमा हुनसक्ने सम्भावित आन्दोलनलाई दबाउन भारत सरकारले लामो समय कर्फ्यु जारी गर्‍यो भने इन्टरनेट सेवा काटियो र दशौं हजार सेना परिचालन गरिएको थियो । 

हाल भारतमा नागरिकता संशोधन कानुनले अल्पसंख्यक मुस्लिम समुदायमाथि विभेद गरेको भन्दै सुरु भएको आन्दोलनमा कम्तीमा २५ जनाको मृत्यु भइसकेको छ ।  भारतको उत्तर पूर्वी राज्य असममा इन्टरनेट सेवा काटिएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ । 

अफगानिस्तानमा सेप्टेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनको मतपरिणाम तीन महिनापछि डिसेम्बर तेस्रो साता सार्वजनिक गरियो ।  जसमा राष्ट्रपति असरफ घानी सामान्य बहुमतसहित विजयी भए ।   इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो आतंककारी समूहको खेलौना बनेको आरोप लाग्यो । इन्डोनेसियामा यही वर्षको मेमा ३२ हजार आतंककारीहरु पक्राउ परे । 

किर्गिस्तानमा भ्रष्टाचार व्यापक बढेको तथ्यांक सार्वजनिक भयो । किर्गिस्तान सरकार एक बिलियन डलरको राजस्वबाट वञ्चित भयो । पाकिस्तानमा मृत्युदण्डको सजाय सुनाइएका कतिपय व्यक्तिलाई रिहाको आदेश दिइयो । 

पाकिस्तानको जिल्ला अदालतले मुस्लिम धर्मको आलोचना गरेको आरोप लागेकी क्रश्चियन महिला एसियन बीबीलाई पहिलो पटक पाकिस्तान अदालतले रिहाको आदेश गर्‍यो ।  तर, पाकिस्तानी पूर्व राष्ट्रपति जनरल परवेज मुसर्फलाई त्यहाँको उच्च अदालतले मृत्युदण्डको सजाय सुनायो । 

दुबईमा उपचारका क्रममा रहेका मुसर्रफलाई देशद्रोहको मुद्दामा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएपनि त्यहाँको सेनाले भने आपत्ति प्रकट गर्‍यो ।  पाकिस्तानी सेनाले पूर्व सेना प्रमुखसमेत रहेका मुसर्रफलाई सुनाइएको आदेश संविधान विपरीत भएको भन्दै आपत्ति प्रकट गर्‍यो । 

थाइल्यान्डमा राजा महा भजीरालोङकोङकी दिदी ६७ वर्षीय राजकुमारी उबोलरत्न महडोललाई थाइल्याण्डको प्रधानमन्त्री पदको उम्मेदवार बनाइयो ।  उनी पूर्वप्रधानमन्त्री थाक्सिन सिनाबात्रासँग मिलेर प्रधानमन्त्री पदमा उम्मेदवार भएकी थिइन् । 

राजघरानासँगको सम्बन्धबाट बाहिरीएर अमेरिकी नागरिकसँग विवाह गरी स्वदेश फर्किएकी राजकुमारी उबोलारत्न प्रधानमन्त्रीको उमेदवार भएपछि राजपरिवारले असन्तुष्टि प्रकट गर्‍यो ।  फलस्वरुप निर्वाचन आउनुभन्दा एक साता अघि देशका पूर्वप्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यीङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई अदालतले विघटनको फैसला सुनायो । 

इन्डोनेसियामा अपराध संहिता र अन्य विभिन्न विवादस्पद कानुन ल्याएको भन्दै राष्ट्रपति जोको विडोडोको सरकारविरुद्ध २३ सेप्टेम्बरदेखि व्यापक विरोध प्रदर्शनहरु भए ।  उक्त कानुनको विरोध गर्दे दशौं हजार विद्यार्थीहरु सडकमा आए । अन्ततः उक्त निर्णयबाट राष्ट्रपति पछि हट्न बाध्य हुनुपर्‍यो । 

त्यसैगरी राजनीतिक पुर्नगठनको माग गर्दै काजकिस्तानमा सयौं सरकार विरोधी समूहले विरोध प्रदर्शनहरु गरे ।  प्रदर्शनका क्रममा सयौंलाई प्रहरीले नियन्त्रणमा लियो । शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले हस्तक्षेप गरेको भन्दै संयुक्त राष्ट्र संघको ध्यानाकर्षण भएको जनायो ।  मंगोलियामा पनि सरकार संगठित भ्रष्टाचारमा लागेको भन्दै नोभेम्बरमा व्यापक विरोध प्रदर्शनहरु भए । 

पाकिस्तानमा चिकित्सक र वकिलहरुबीच विवाद हुँदा वकिलहरुले साता लामो धर्ना दिए भने देशभरका अदालतमा मुद्दाको सुनुवाई बहिष्कार गरे । त्यसैगरी लैंगिक हिंसा, भ्रष्टाचार बढेको तथा विभिन्न विवादास्पद कानुन ल्याएको भन्दै दक्षिण कोरियामा पनि सन् २०१९ मा विभिन्न विरोध प्रदर्शनहरु भए । 
सन् २०१९ मा सरकार विरोधी प्रदर्शनबाट नेपाल पनि टाढा रहन सकेन ।

सरकारले मिडिया काउन्सिल विधेयक, गुठी विधेयक, मानवअधिकार विधेयकलगायतका संविधान र जनभावना विरोधी विधेयकहरु ल्याएको भन्दै व्यापक विरोध प्रदर्शनहरु भए ।  जसमा प्रहरीले हस्तक्षेप गर्दा केही स्थानमा झडपका घटनाहरुसमेत भएका थिए ।

आर्थिक संकट उत्पन्न भएको र सरकारले सुशासन कायम गर्न नसकेको भन्दै सोलोमन टापुमा दंगाहरु भए । लामो समय शासन गरेका पपुवा न्यू गिनिका प्रधानमन्त्री बर्खास्त गरिए ।  भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी बहुमतका साथ विजयी भयो भने मोदी दोस्रो कार्यकालका लागि निर्वाचित भए ।
आफ्नो पार्टी निर्वाचनमा पराजित भएको भन्दै विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । 

जापानको प्रधानमन्त्रीमा सिन्जो आबे पुनः निर्वाचित भएपछि उनी जापानमा लामो समय शासन गर्ने प्रधानमन्त्री बने ।  प्रधानमन्त्री आबेको प्रधानमन्त्रीत्व कालमा जापानले ठूलो आर्थिक विकास गरिरहेको भारतीय सञ्चारमाध्यम दि इकोनमिक्सले उल्लेख गरेको छ ।

जापानको राजतन्त्रप्रति त्यहाँका जनताको चासो घट्दै गएको देखियो ।  जापानमा विदेशी कामदारको संख्या बढेको पाइन्छ । कम्बोडियाको बढ्दो आर्थिक प्रगतिसँगै राजनीतिमा पनि प्रभाव बढिरहेको छ ।  बर्माका बुद्धिस्टहरुमा आफ्नो सिद्धान्तप्रतिको प्रतिबद्धता बढेको पाइन्छ भने बंगलादेशमा सम्बन्ध विच्छेदका घटना बढेका छन् । 

भियतनामीहरुको अल्पसंख्यकप्रतिको पूर्वाग्रह घट्दै गएको पाइन्छ ।  त्यसैगरी प्रजातन्त्रिक नेतृको परिचय बनाएकी म्यानमारकी नेतृ आङसाङ सुची अन्तराष्ट्रिय अदालतमा उपस्थित भइन् । 

म्यानमारमा सेनाको दमनका कारण करिब १७ हजार रोहिंगियाहरुले मुलुक छोडेर बंगलादेशको शरण लिनुपरेको र नरसंहार गराएको भन्दै अन्तर्राष्ट्रिय अदालतमा परेको मुद्दाको बयानका क्रममा सुची हेग पुगेकी हुन् । अन्तर्राष्ट्रिय अदालतमा उपस्थित सुचीले उक्त नरसंहार नभएको भन्दै आरोप अस्वीकार गर्दै मुलुकको बचाउ गरिन् । 

नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० सुरु हुँदैछ ।  जनवरी १ मा देशभर एकसाथ भ्रमण वर्षको उद्घाटन गर्ने गरी नेपाल सरकारले तयारी गरेको छ ।  

अंग्रेजी नयाँ वर्ष २०२० सुखद र सफल बितोस्, सम्पूर्णमा शुभकामना । 
(एजेन्सीहरुको सहयोगमा)
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ०८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro