site stats
बाह्रखरी :: Baahrakhari
विदेश
२०१९ः अमेरिकामा आमहत्याका क्रममा २११ जना मारिए
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वाशिङटन । संयुक्त राज्य अमेरिकामा सन् २०१९ मा बढी नै  आमहत्याको घटना भएक अनुसन्धाताहरुले जनाएका छन् ।  एशोसिएट प्रेस(एपी), युएसए टुडे र  नर्थ इस्टर्न युनिभर्सिटी को डेटाबेसलाई हेर्दा आमहत्याका ४१ घटनामा २११ जना मारिएका छन् । 

हत्याराबाहेक चार वा सो भन्दा बढी मानिस एउटै घटनामा मारिए भने त्यसलाई आमहत्या भनिने गरेको छ ।   सबै भन्दा खतरनाक २०१९का घटनामा मे महिनामा भर्जिनिया बीचमा भएको १२ जनाको हत्या र अल पासोमा अगस्ट महिनामा भएको २२ जनाको हत्यालाई मानिएको छ । 

४१ घटना मध्ये क्यालिफोर्नियामा सबैभन्दा बढी हत्याका घटना भएको जनाइएको छ ।  सो डेटाबेसमा सन् २००६ यताका आमहत्याका घटनालाई उल्लेख गरिएको छ ।  सन् २००६मा ३८ जना यस्तो घटनामा मारिएका थिए ।  उता सन् २०१७ मा लस भेगासको एउटा पर्वमा ५९ जनाको गोली हानी हत्या गरिएको थियो  । (बीबीसी)
 

प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०९:४१
प्रतिक्रिया दिनुहोस्