site stats
बाह्रखरी :: Baahrakhari
विदेश
उत्तर कोरियाको जुनसुकै 'क्रिसमस उपहार' को  पनि सामना गर्न तयार : ट्रम्प 

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले दिने जस्तोसुकै 'क्रिसमस उपहार' पनि स्वीकार्न तयार रहेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार उत्तर कोरियाले दिएको चेतावनीको जवाफ दिँदै जस्तोसुकै 'क्रिसमस उपहार' भए पनि त्यसलाई 'सफलतापूर्वक मुकाबिला गर्न' तयार रहेको बताएका हुन् । 

यसअघि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्रको तयारी गरिरहेप्रति लक्षित गर्दै राष्ट्रपति ट्रम्पले यसो बताएका हुन् । उत्तर कोरयाको मुख्य सहयोगी चीनले वाशिङ्टनलाई गत वर्ष अक्टोबरमा सिंगापुरमा उत्तर कोरियाली नेतासँगको भेटमा राष्ट्रपति ट्रम्पले गरेको सहमति कार्यान्वयनमा जतिसक्दो चाँडो 'महत्त्वपूर्ण कदम' चाल्‍न आग्रह गरेको छ । 

चिनियाँ विदेशमन्त्री वाङ यीले 'उत्तर कोरिया र अमेरिकाले कोरियन पेनिन्सुलामा स्थायी शान्ति स्थापना र पूर्ण निसशस्त्रीकरणका लागि एक सम्भाव्य रोडम्यापमा काम गर्नुपर्ने' बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डिसेम्बरको दोस्रो सातामा उत्तर कोरियाले डिसेम्बर अन्त्यसम्ममा आफूमाथिको प्रतिबन्ध हटाउन लचिलो प्रस्ताव नल्याएमा 'अशुभ क्रिसमस उपहार' पठाउने चेतावनी दिएको थियो । 

"कस्तो किसिमको आश्चार्य रहेछ हामी हेर्न तयार छौं र त्यसको सफलतापूर्वक सामना गर्न तयार छौं," राष्ट्रपति ट्रम्पले पत्रकारसँग कुरा गर्दै भने, "हामी हेर्दै छौं के हुन्छ ।" 

"सम्भवत : त्यो राम्रो उपहार हुनेछ," ट्रम्पले व्यङ्‍ग्य गर्दै भने, "सम्भवत: उनले मलाई पठाउने उपहार मिसाइ परीक्षणको विपरीत सुन्दर पुष्पगुच्छा पठाउनेछन् ।" 

अमेरिकी सैन्य कामन्डरले उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेर यसको जवाफ दिनसक्नेतर्फ संकेत गरेका छन् । उत्तर कोरियाले सन् २०१७ नोभेम्बरमा अन्तरप्रदेशीय ब्यालेष्टिक मिसाइल प्रहार गरेको थियो । जुन अहिलेसम्मकै सबभन्दा ठूलो मिसाइल थियो । पोयङयाङले त्यस किसिमको मिसाइलले सिंगो अमेरिकालाई नै क्षति पुर्‍याउनसक्ने क्षमता रहेको बताएको थियो । 

सन् २०१८ यता ट्रम्प र किमले तीनपटक भेट गरे पनि उत्तर कोरियामाथिको प्रतिबन्ध फुकाउने र परमाणु निशस्त्रीकरण गर्ने विषयमा कुनै ठोस सहमति हुन सकेको छैन ।- राेयटर्स 

 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १६:१७
प्रतिक्रिया दिनुहोस्