site stats
बाह्रखरी :: Baahrakhari
विदेश
धार्मिक स्वतन्त्रताको हिसाबले पाकिस्तानसहित ९ देश दोस्रोपटक अमेरिकी कालोसूचीमा !
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वासिङटन । अमेरिकाले पाकिस्तानलाई धार्मिक मामिलाका हिसाबले कालोसूचीमा राखेको छ । अमेरिकाले यसो गरेकामा पाकिस्तानले भने गुनासो गरेको छ ।

जुन देशमा धर्मको आधारमा भेदभाव गरिन्छ त्यो देशलाई अमेरिकाले वार्षिक सूची निकालेर कालोसूचीमा राख्ने गरेको छ । पाकिस्तानलाई लगातार दोस्रोपटक अमेरिकाले सो सूचीमा राखेको हो । पाकिस्तानले यसमा कडा आपत्ति जनाउँदै अमेरिकाले पक्षपातपूर्ण रवैया अपनाएको जनाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले अमेरिकाको यो सूची यथार्थभन्दा बाहिर भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता आयशा फारुकीले भारतले अल्पसंख्यकलाई पीडामा पारे पनि भारतलाई सो सूचीमा अमेरिकाले नराखेको जनाइन् ।

उनले भारतलाई सो सूचीमा नराख्नु तर पाकिस्तानलाई राख्नुले भेदभावपूर्ण रवैया देखिएको जनाइन् । अमेरिकी सूचीमा पाकिस्तान समेत ९ देशलाई दोस्रोपटक कालो सूचीमा राखिएको छ । अमेरिकी विदेश मन्त्रालयले म्यान्मार, चीन, इरिट्रिया, इरान, उत्तर कोरिया, पाकिस्तान, साउदी अरेबिया, ताजिकिस्तान र तुर्केमिनिस्तानलाई यो सूचीमा दोस्रोपटक पारेको हो । –बीबीसी
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १४:५३
प्रतिक्रिया दिनुहोस्