site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बैंक लुटेर ‘मेरी क्रिसमस’ भन्दै १० हजार डलर आकाशतिर फाल्ने व्यक्ति पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डेनभर । अमेरिकाको कोलोराडोस्थित एक बैंकबाट १० हजार डलरका बण्डल लुटेर बाहिर निस्किएर ‘मेरी क्रिसमस’ भन्दै रकम हावामा उडाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

सेतै दाह्री फुलेका ती व्यक्ति ६५ वर्षिय डेभिड वायने ओलिभर भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो उनले बैंक लुटेका हुन् । उनले हतियार प्रयोग गर्न सक्ने भन्दै धम्क्याएर रकम लुटेका थिए ।

बाहिर निस्केर उनले रकमको बण्डल आकाशतिर फाल्दै मेरी क्रिसमस भनेका थिए । उनले फालेको रकम स्थानीयले जम्मा गरेर बैंकमा बुझाएका थिए । प्रहरीले निज व्यक्तिलाई स्थानीय कफी सपबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई भोलि बिहीबार स्थानीय अदालतमा लग्ने बताइएको छ । (रोयटर्स)
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  १०:३५
प्रतिक्रिया दिनुहोस्