site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पुटिनलाई प्रश्न सोधेको भोलिपल्ट पत्रकार महिलाको जागिर गयो  !

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई एउटा प्रश्न सोधेको आधारमा रुसी पत्रकार एलिसा यारोभ्स्कायाको सरकारी टीभी च्यानल यमल–रिजनको जागिर गएको छ ।  राष्ट्रपति पुटिनले हालै आफ्नो वार्षिक पत्रकार सम्मेलन गरेका थिए । त्यसको भोलिपल्ट पत्रकार जागिरबाट बिदा भएकी हुन् ।  
केही रिपोर्टहरुमा जनाइएअनुसार उत्तर पश्चिम साइबेरियाको  आर्कटिक यमल क्षेत्रका अधिकारीहरुले उनको प्रश्नलाई लिएर असन्तुष्टि जनाएका थिए । 

यारोभ्स्कायाले भने आफूले व्यक्तिगत रुपमा राजीनामा दिएको बताएकी छन् । तर, यो घटनाले रुसी शासकहरुलाई जवाफदेही बनाउनका लागि त्यहाँका पत्रकारलाई कति अप्ठेरो अवस्था छ भन्ने देखाएको छ । १९ डिसेम्बरका दिन करिब ३ घण्टा सम्म रुसी राष्ट्रपति पुटिनको पत्रकार सम्मेलन भएको थियो । 
सोही क्रममा यमल क्षेत्रका पत्रकारलाई माइक्रोफोन हस्तान्तरण गरिएको थियो । एलिसाले माइक्रोफोन लिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यद्यपि सो क्षेत्रबाट अर्का टीभी पत्रकारलाई पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले प्रश्नका लागि रोजेका थिए ।  उनले आफ्नो क्षेत्रमा विश्वव्यापी उष्णताको प्रसंगमा प्रश्न सोधेकी थिइन् ।  उनको भनाइ आर्कटिक सी क्षेत्र पग्लिँदै गएको भन्ने प्रसंगमा थियो । 
स्थानीय पूर्वाधार, रेललगायत बनाइएको तर ओब नदीको पुल निर्माण कार्य भने रोकिएको उनले बताएकी थिइन् ।  

त्यो पुलको मतलब स्थानीय दुई सहर जोड्ने कुरासँग सम्बन्धित रहेको छ । जसले सालेखर्ड र लेबीनांगीलाई जोड्छ ।  उनले आफ्नो क्षेत्रको गभर्नर डिमित्री आर्कियुखोभले यसलाई वास्तविकतामा परिणत गर्न केही नगरेको मात्रै भनिनन् यो विषय संघीय तहमा पनि कम मात्रै चर्चा हुने गरेको सुनेको पनि जनाइन् ।  
के यसमा संघीय तहको ध्यान जाला भनेर उनले प्रश्न सोधेकी थिइन् । 

पुटिनले एउटा कुनै निश्चित परियोजनामा संघीय सरकारले ध्यान दिनु उपयुक्त नहुने जवाफ दिएका थिए ।  तर ओब पुललाई सो क्षेत्रको यातायात पूर्वाधारका लागि महत्वपूर्ण रहेको बारेमा सरकारलाई थाहा भएको र सरकारले ध्यान दिने बताएका थिए ।

तर, स्थानीय अधिकारी तथा टीभीका हाकिमहरुले उनको प्रश्न र अर्कोलाई दिन खोजेको माइक्रोफोन उनले प्रयोग गरेको भन्ने विषयलाई लिएर असन्तुष्टि जनाएका थिए ।  त्यही भएर उनले बर्खास्तमा पर्नुभन्दा राजीनामा दिएको हुन सक्ने स्थानीय सञ्चार माध्यमले जनाएका छन् । (बीबीसी)
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०९:४९
प्रतिक्रिया दिनुहोस्