विदेश

बुर्किनाफासो । शंकास्पद मुश्लिम लडाकूहरुले बुर्किनाफासोको मिलिटरी बेसमा आक्रमण गरेर ३५ जनाको हत्या गरेका छन् । मृतक मध्ये अधिकांश महिला भएको अधिकारीहरुले बताएका छन् ।
अधिकारीहरुका अनुसार घटनामा ७ जना सेना र ८० लडाकु मारिएका छन् । सो आक्रमण उत्तरी सोउमी प्रान्तको अर्बिन्दामा भएको हो । सो घटनालाई लिएर राष्ट्रपति रोच मार्क क्रिश्चियन काबोरले दुई दिनको लागि राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
बुर्किनाफासो भूपरिवेष्ठित पश्चिम अफ्रिकी देश हो । सो आक्रमणको जिम्बेवारी अहिलेसम्म कसैले नलिएको जनाइएको छ । (एजेन्सी)
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६ ०९:०५
प्रतिक्रिया दिनुहोस्