site stats
बाह्रखरी :: Baahrakhari
विदेश
तीव्र गतिमा सहरमा आगो फैलिँदा चिलिमा १२० घर ध्वस्त

सान्टियागो । चिलीको सहर भाल्पाराइसोमा तीव्र गतिका साथ फैलिरहेको आगोबाट १२० घरहरु क्षतिग्रस्त भएका छन् । सहरका सबै अग्नि नियन्त्रकहरुलाई रोकुआन्ट र सान रोक क्षेत्रमा खटाइएको छ ।

आगोबाट असर नपरोस् भनेर  करिब ९० हजार ग्राहकको बिजुली काटिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भालपाराइसोका मेयर जोर्ग सार्पले सो आगो सुनियोजित रुपमा लगाइएको हुन सक्ने जनाएका छन् ।   आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।  आपतकालीन उद्धारकर्ताहरु अहिले त्यहाँ खटिइरहेको जनाइएको छ । 

मेयरले ठूलो हुरी चलेको र तापक्रम पनि बढी भएकाले आगलागी फैलिन मद्धत गरिरहेको बताएका छन् । आगलागीबाट करिब १२० हेक्टर क्षेत्रको घाँसे मैदान पहिला नै सखाप भएको छ ।  भाल्पाराइसो मध्य चिलीमा पर्दछ । यो क्षेत्र दक्षिण अमेरिकाको पर्यटक गन्तव्यको रुपमा समेत चिनिने गरेको छ । सो आगलागी जंगलबाट शुरु भएको जनाइएको छ । (बीबीसी)
 

प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०८:५२
प्रतिक्रिया दिनुहोस्