site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिमा ब्लेयर नियुक्त

वाशिङटन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ-जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उहाँलाई प्रतिनिधि तोकिएको ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ब्लेयरले राष्ट्रपतिको सहयोगी तथा ह्वाइट हाउसका कर्मचारी प्रमुखको वरिष्ठ सल्लाहाकारका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई पनि निरन्तरता दिनेछन्, विज्ञप्तिमा भनिएको छ ।

ब्लेयरले अमेरिका राष्ट्रपतिको कार्यालयको कर्मचारी प्रमुखका वरिष्ठ सल्लाहाकारको हैसियतमा राष्ट्रपति ट्रम्पमाथि यूक्रेनसँगको सम्बन्धका बिषयमा अमेरिकी कङ्ग्रेसको तल्लो सभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताबका लागि लगाइएको आरोपबारे सशक्त प्रतिवाद गर्नुभएको थियो । उहाँले आरोपबारे अनुसन्धानकर्ताहरूलाई ट्रम्पको तर्फबाट जवाफ पेश गरेका थिए ।

ह्वाइट हाउसमा नियुक्त हुनभन्दा पहिले उनले रक्षा कार्यक्रम अन्तर्गत व्यवस्थापन तथा बजेट उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनले ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ अन्तर्गत विनियोजन समितिको कर्मचारीका रूपमा एक दशकभन्दा बढी काम गरेका थिए । - सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  २३:३०
प्रतिक्रिया दिनुहोस्