
न्युजिल्यान्ड । न्युजिल्यान्डको प्रहरीले हालै त्यहाँ भएको ज्वालामुखी विस्फोटको घटनामा परेर हराइरहेका दुई जनाको खोजी स्थगित गरेको छ ।
ह्वाइट आइल्यान्डमा भएको ज्वालामुखी विस्फोटमा १९ जना मारिएका थिए । दुईजना अझै भेटिएका छैनन् । घटना यही डिसेम्बरको ९ मा भएको थियो । १७ वर्षीया विनोना जान लांगफोर्ड र ४० वर्षीय हाइडेन ब्रायन मार्सल इमान सो आइल्यान्डमा हराएका थिए ।
प्रहरीले विभिन्न हिसाबले खोजी गरे पनि उनीहरूबारे केही पत्ता लाग्न सकेन । प्रहरीले ती दुईबारे कुनै कुरा पत्ता लगाउन नसकेपछि खोजी स्थगित गरेको हो ।
प्रहरीले ती दुवैका परिवारलाई खोजी स्थगनको जानकारी गराइएको बताएको छ । नयाँ कुनै समाचार आए उनीहरूलाई खबर गरिनेसमेत प्रहरीले जनाएको छ । ती दुवै अस्ट्रेलियाको सिड्नीबाट घुम्न त्यहाँ गएका थिए । –बीबीसी