site stats
बाह्रखरी :: Baahrakhari
विदेश
झारखण्डमा भाजपालाई धक्का, मुख्यमन्त्रीद्वारा राजीनामा

नयाँ दिल्ली । भारतको झारखण्डमा भएको विधानसभा निर्वाचनको मतगणनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पराजित भएको छ । 

झारखण्डमा पहिलोपटक लगातार मुख्यमन्त्री रहेका रघुबर दासले पराजय स्वीकार गर्दै सोमबार अबेर पदबाट राजीनामा दिएका छन् । 

चुनाव भन्दा पहिला नै ‘अबकी बार ६५ पार’ भन्ने नारा भाजपाले लगाएको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाजपा पराजित हुनुमा मुख्यमन्त्री दासको व्यक्तिगत छबि पनि कारक रहेको विश्लेषण भइरहेको छ । 

यसबाहेक भाजपाको केन्द्रीय स्तरमा चलेका केही कार्यक्रम र केन्द्र तथा राज्य सरकारले गरेका केही निर्णयले पनि भाजपालाई झारखण्डमा असर परेको मानिएको छ । 

सोमबार प्राप्त नतिजामा भाजपाले २३, कंग्रेससहितको गठबन्धले ४७ र अन्यले ११ सिट जितेका छन् । 

झारखण्डमा सरकार चलाउनका लागि ४१ सिट भए पुग्नेमा कंग्रेस गठबन्धनले ४७ सिट ल्याएको छ । 

झारखण्ड विधानसभा ८१ सदस्यीय रहेको छ । अब झारखण्डमा झारखण्ड मुक्ति मोर्चाका नेता हेमन्त सोरेन मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताइएको छ । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले झारखण्डमा सेवा गर्ने अवसर दिएकोमा जनतालाई धन्यवाद दिएका छन् ।

भाजपाले त्यहाँ हार्नुमा मुख्य केही कारण यस्ता भएको जनाइएको  छः

१. मुख्यमन्त्री दास अहंकारी भएको आरोप जनस्तरबाट लागेको थियो । तर, प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले उनलाई नै साथ दिएका कारण स्थानीय स्तरमा आक्रोश रहँदै आएको थियो । 

२. आदिवासीलाई जमिन सम्बन्धी अधिकारको रक्षाका सम्बन्धमा ऐन संशोधन गर्ने तयारीले आदिवासीमा त्यसको नकारात्मक असर परेको थियो । 

३.भूमि अधिग्रहण कानुनका केही धारा संशोधनको प्रयासप्रति आदिवासी असन्तुष्ट थिए ।

४. अघिल्लो वर्ष भोकमरीका कारणले गर्दा स्थानीय जनता  भाजपासँग रुस्ट थिए ।

५.बेरोजगारी सम्बन्धी अभियानमा मुख्यमन्त्री दासको अभियान चाहे जस्तो नभएको भनेर आलोचना भएका कारणलेपनि भाजपा पराजित भएको हो  ।

६.पुराना नेताहरुलाई बेवास्ता गरेको गुनासो आइरहेको थियो

७. भाजपाले केन्द्रीय मुद्दा मात्रै उठाएको तर स्थानीय स्तरका मुद्दा फरक थिए

८. नेताको जीवनस्तर मात्रै सुध्रेको तर जनस्तरमा झन् समश्या बढेको गुनासो आइरहेको थियो । (बीबीसी)

प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्