
अफगानिस्तान । अफगानिस्तानका राष्ट्रपति असरफ गनीले अफगानिस्तानमा हालै भएको निर्वाचनको प्रारम्भिक परिणाम स्वीकार गर्ने बताएका छन् ।
हालै सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनको आइतबार सार्वजनिक भएको प्रारम्भिक परिणाम राष्ट्रपति असरफ गनीले स्वागत गर्ने समाचारमा जनाइएको छ ।
आइतबार सार्वजनिक भएको उक्त निर्वाचनको प्रारम्भिक परिणामलाई उनले निष्पक्ष भएको बताए । साथै उनले सो निर्वाचनका लागि अफगानिस्तानको निर्वाचन आयोगलाई धन्यवाद पनि दिएको काबुलबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटेपछि भएको चौथो पटक राष्ट्रपतिको निर्वाचन गत सेप्टेम्बर २८ मा भएको थियो । निर्वाचनमा अफगानिस्तानका हालका राष्ट्रपतिले ५०.६४ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्याशी अब्दुल्लाहले ३९.५२ प्रतिशत मत प्राप्त गरेका छन् ।
तर सो निर्वाचनको प्रारम्भिक परिणाम भने झण्डै तीन महिनापछि आइतबार सार्वजनिक भएको बताइएको छ । यो निर्वाचन परिणामले अफगानिस्तानलाई दुविधाबाट राजनीतिक सहजतातर्फ लगेको प्रतिक्रिया राष्ट्रपति गनीले दिएको समाचारमा जनाइएको छ । - सिन्ह्वा