site stats
बाह्रखरी :: Baahrakhari
विदेश
जमल खसोगी हत्या: पाँचजनालाई मृत्युदण्डको सजाय 

साउदी । साउदी अरेबियाका सरकारी अभियोजकले पत्रकार जमल खशोगीको हत्याको मुद्दामा पाँचजनालाई मृत्युदण्ड र अन्य तीनजनालाई जम्मा २४ वर्ष जेल सजाय गरिने बताएका छन् । 

गत वर्ष अक्टोबरमा इस्तानुबलस्थित साउदी अरेबियाको महावाणिज्य दूतावासबाट पत्रकार खसोगी बेपत्ता भएका थिए भने पछि उनको हत्या भएको पुष्टि भएको थियो ।  साउदी राजपरिवारका पूर्व वरिष्ठ सल्लाहकारसमेत साउद अल-कहतानीमाथि पनि अनुसन्धान गरिएको तर उनीपछि हत्यामा संलग्‍न भएको नपाइएपछि रिहा गरिएको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खसोगी साउदी राजकुमार मोहमेद बिन सलमानका कट्टर आलोचक थिए । साउदी लेखकसमेत रहेका वाशिङ्टन पोस्टका कोलमिस्ट खसोगी उनकी पूर्वपत्‍नीसँगको सम्बन्ध विच्छेदको प्रमाणपत्र सर्टिफिकेसनका लागि स्तानबुलस्थित साउदी महावाणिज्यदूतावासमा गएको समय अक्टोबर २, २०१८ मा मारिएका थिए । 

उनको हत्याको अनुसन्धानमा खटिएको टर्किश गुप्तचर संस्थाले उनको हत्या पूर्वयोजना अनुसार भएको निष्कर्ष निकालेको थियो । तर, सीआईले भने राजकुमार सलमानको आदेशमा हत्या गरिएको बताइएको थियो । तर, रियादले भने राजकुमारको हत्यामा कुनै संलग्‍नताको विषयमा अस्वीकार गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १६:०४
प्रतिक्रिया दिनुहोस्