site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एक्जिट पोल भन्छ : झारखण्डमा भाजपा हार्दै

नयाँदिल्ली । भारतको झारखण्डमा भइरहेको विधानसभा निर्वाचनको गणनाको एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) पराजित हुने अवस्था देखिएको छ ।

भाजपा र क्षेत्रीय पार्टीहरूले सो क्षेत्रमा सन् २०१४ मा निर्वाचन जितेका थिए ।  नागरिकता संशोधन कानुनको बारेमा देशव्यापी आन्दोलन भइरहेका बेलामा सो क्षेत्रमा विभिन्न पाँच चरणमा निर्वाचन भएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाजपा र उसको गठबन्धन अल झारखण्ड स्टुडेन्टस युनियनले सन् २०१४ को निर्वाचनमा ४२ सिट जितेका थिए । तर, यो पटक विपक्षी कंग्रेस आई र उसको गठबन्धनको सहयात्री झारखण्ड मुक्ति मोर्चाले भाजपालाई पराजित गर्ने अवस्था देखिएको छ । 

झारखण्डको निर्वाचन स्थानीय मुद्दाहरूमा नै भएको थियो । झारखण्डमा भाजपा पराजित हुनु भनेको उसको नीतिको असफलता पनि हो । झारखण्ड विधानसभामा ८१ सिट रहेका छन्् । विजय पाउनका लागि ४१ सिट जरुरी हुन्छ । धेरैजसो एक्जिट पोलमा कंग्रेस गठबन्धन विजयी हुने पूर्वानुमान गरिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  १२:३६
प्रतिक्रिया दिनुहोस्