विदेश

बग्दाद । इराकमा फेरि इश्लामिक स्टेट(आइएस) संगठित हुँदै गएको छ । दुई वर्षअघि नै त्यहाँबाट आइएस थान्को लागेको बताएको थियो । कुर्दिश र पश्चिमी गुप्तचर अधिकारीहरुले बीबीसीलाई बताएअनुसार आइएसका आक्रमण पछिल्लो समयमा बढ्दै गइरहेका छन् ।
लडाकुहरु अहिले बढी नै अत्याधुनिक भएर आएका छन् । उनीहरु अलकायदा भन्दापनि खतरनाक भएको जनाइएको छ । कुर्दिस काउन्टर टेरोरिज्म अफिसियल लाहुर तालाबानीले भने ।
‘‘उनीहरुको अझ राम्रो प्रविधि र पैसा पनि बढी जम्मा गरेको पाइएको छ’’ उनले भने,‘‘उनीहरुले सवारी साधन पनि किनिरहेका छन् । हतियार, खाद्यान्न र प्रविधिहरु ल्याइरहेका छन् । प्रविधिका हिसाबले उनीहरु अझ बलियो भएका छन् ।’’ (बीबीसीबाट)
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६ ०८:०२
प्रतिक्रिया दिनुहोस्