site stats
बाह्रखरी :: Baahrakhari
विदेश
रहस्यमयी सोनिक हमलाबारे नयाँ खुलासा 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एजेन्सी । २०१७ मा चीनको ग्वाङजाउमा तैनाथ एक अमेरिकी कुटनीतिज्ञ अनौठो हमलाको शिकार भएका थिए । स्वस्थ अवस्थामा काम गर्दै आएका मार्क लेन्जीलाई अचानक असामान्य लक्षण जस्तै टाउको दुख्ने, पढ्नमा कठिनाइ हुने र स्मरण क्षमता अनि सुत्नमा समेत समस्या हुने लगायत लक्षण देखा परेपछि यो घटनाले सबैलाई आश्चर्यमा पारेको थियो । यसबीच बिहिबार मात्र चिकित्सकहरुले उनको दिमागमा वास्तवमा के समस्या भएको थियो भन्नेबारे जानकारी सार्वजानिक गरेका हुन् । यसरी उनी ‘सोनिक अट्याक’ अर्थात आवाज मार्फत चोट पुर्याएर गरिने आक्रमणको शिकार भएका थिए । यस किसिमको हमलाले क्युबा र चीनमा दर्जनौँलाई चोट पुर्याइसकेको बताइएको छ । 

यसरी चिकित्सकहरुले एमआरआइ मार्फत उनको दिमागका २० क्षेत्र असाधारण रुपमा कम ‘भल्युम’ का थिए जसमा उनको स्मरण क्षमता, भावनात्मक नियमितता र मोटोर क्षमता जोडिएको हुँदा उनमा देखा परेको लक्षणसँग सम्बन्धित हुन सक्ने बताइएको छ । त्यस्ते मस्तिष्कका १०७ क्षेत्रको परीक्षण गर्दा उनीहरुले ती मध्ये तीनवटाको भल्युम चाहिँ बढी रहेको पत्ता लगाएका हुन् । कम भल्युम भएका क्षेत्रले मस्तिष्क घातको संकेत दिएको र बढी भल्युम चाहिँ उनको दिमागका अन्य भागमा पनि असर पििररहेको प्रमाण भएको उनीहरुको भनाइ छ । तर यसले वास्तविक कारण पनि अझै रहस्यमयी नै भएको बताइएको छ । 

२०१६ को अन्त्यतिर क्युबाको हभानामा पनि यस्तै किसिमको घटना देखा परेको थियो । त्यहाँको सोनिक हमलाको शिकार भएका ४० जना अमेरिकी अधिकारीहरुमा गरिएको अध्ययन पश्चात् सबैको मस्तिष्कमा थुप्रै अनियमितता देखा परेको हो । यसबाट प्रभावित नभएका ४८ जना अन्यको तुलनामा तिनको दिमागी गतिविधिमा समस्या देखिएको थियो । यसमा पनि मस्तिष्कका केही क्षेत्रमा असाधारण भल्युम उत्पन्न भएको बताइएको थियो । सो घटनामा क्युबाका बिरामीहरुले एउटा निश्चित दिशाबाट मौरी भुनभुनाएको जस्तो अत्यन्तै ठूलो र तिखो आवाज सुनेको भनि व्याख्या गरेका थिए । यसअघि अमेरिकी राज्य विभागले चीनमा पनि यस प्रकारका घटना भएको हुँदा त्यहाँ सर्तकता अपनाउन भनेको थियो भने विदेश मन्त्री माइक पोम्पेओले दुवै ठाउँका मेडिकल डाटा झन्डै उस्तै रहेको जानकारी दिएका थिए । 
सिएनएन 
 

प्रकाशित मिति: सोमबार, पुस ७, २०७६  ०७:१४
प्रतिक्रिया दिनुहोस्