site stats
बाह्रखरी :: Baahrakhari
विदेश
क्याथोलिक चर्चको मेक्सिकन शाखामा १७५ बालबालिकामाथि यौन दुर्व्यवहार

मेक्सिको सिटी । एउटा अति–अनुदारवादी रोमन क्याथोलिक चर्चको मेक्सिको शाखाका पादरीहरूले कम्तीमा १७५ जना बालबालिकाको यौन दुव्यवहार गरेको शनिबार सार्वजनिक एक आन्तरिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन अनुसार क्रिश्चियन धर्मसँग सम्बन्धित ‘लिगनरी अफ क्राइस्ट’ का संस्थापक मार्सियल मासिएलसहित ३३ पादरी वा ‘डेकन’ ले कम्तीमा ६० बालबालिकामाथि सन् १९४१ देखि अहिलेसम्म यौन दुव्र्यवहार गरेको स्वीकार गरेका छन् ।

समूहका महानिर्देशक एडुआर्डो रोबल्स–गिलद्वारा स्थापना गरेको एक आयोगद्वारा गरिएको अनुसन्धानले सन् १९४१ मा लिगनरी अफ क्राइस्टको स्थापनादेखि सन् २०१९ को डिसेम्बर १६ सम्म गरेको अनुसन्धान रिपोर्टलाई ‘सेरोआबुसोस डट ओराजी’ मार्फत् सार्वजनिक गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

 “यौन दुव्यवहार भएका भनिएका सबै बालबालिका ११ वर्षदेखि १६ वर्ष उमेर समूहका रहेका छन्,” क्रिश्चियन उक्त संस्थाको सहयोगमा गत जुनमा स्थापना भएको एक आयोगले गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

अनुसन्धानमा आरोपित ३३ पादरीमध्ये अझै १८ जना अझै पनि उक्त संस्थामा सम्लग्न रहेका बताइएको छ । तर संस्थाले उनीहरूलाई नागरिक वा बालबालिकासँग जोडिने कुनै पनि कामबाट टाढा गरिसकिएको छ ।

अझ आश्चर्यको कुरा के छ भने आरोपित ३३ मध्ये १४ जना त लिगनरीहरूबाट नै पिडित भएका बताइएको छ । बालबालिकालाई कसरी यौन दुव्र्यवहार गरिएको थियो र दुव्यवहारका घटना कसरी अहिलेसम्म पनि जोडिएका छन् भन्नेबारेमा प्रतिवेदनले स्पष्ट व्याख्य गरेको छ ।

 प्रतिवेदनमा उल्लेख गरिएका व्यक्तिभन्दा बढी व्यक्ति दुव्यवहारमा परेका पनि हुन सक्ने तर अध्ययनले सबै समेट्न नसकेको पनि बताइएको छ । यद्यपि अनुसन्धान र अध्ययनलाई भविष्यमा पनि जारी राख्ने सेरोआबुसेसले जनाएको छ ।

सेरोआबुसेसले भनेको छ, “विभिन्न ४५ पिडितहरूलाई ‘क्षतिपूर्ति र मेलमिलाप’ गराउने प्रक्रिया जारी छ र यसलाई अझ धेरैमा बिस्तार गर्नुपर्ने महशुस गरिएको छ ।”

सन् २००८ मा मृत्यु भइसकेका मासिएललाई उनी कार्यरत संस्थाबाट आरोपहरू आउन थालेपछि तत्कालिन क्रिश्चियन धर्मगुरू पोप बेनेडिक्टले सन् २००६ मा अबकास लिन दवाब दिएपछि उनी संस्थाबाट अलग्गिएका थिए । - एएफपी


 
 

प्रकाशित मिति: आइतबार, पुस ६, २०७६  २२:४५
प्रतिक्रिया दिनुहोस्